लीलादेवी गड्तौला कायममुकायम मुख्यसचिव

२०८१ श्रावण १ गते, मंगलवार


काठमाडौँ । सरकारले लीलादेवी गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले लीलादेवी गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

असार ९ गतेदेखि निमित्त मुख्यसचिवको भूमिका निर्वाह गर्दै आएकी उनलाई मन्त्रिपरिषद्को सोमबारको बैठकले कामु मुख्यसचिव बनाउने निर्णय गरेको हो । ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले नै उनलाई कामु मुख्यसचिव बनाउने निर्णय गरेको छ ।
तत्कालीन मुख्यसचिव डा। बैकुण्ठ अर्याललाई भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वरिष्ठतम् सचिवको हैसियतमा गड्तौलाले निमित्त मुख्यसचिवको जिम्मेवारी पाएकी थिइन् । अहिले पहिलो महिला कायममुकायम मुख्यसचिव बनेर गड्तौलाले इतिहास रचेकी छिन् ।

प्रतिक्रियाहरु