सुनको मूल्य प्रतितोला एक लाख ४७ हजार ८ सय

२०८१ श्रावण १ गते, मंगलवार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन तोलाको ९ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको जनाएको छ । यो सुनको अहिलेसम्मकै सबधिक मूल्य हो । यस अघि सोमबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार ९ सय रहेको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४७ हजार एक सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ घटेर तोलाको १८७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु