सरकार लक्ष्यअनुसार राजस्व असुली गर्न असफल

२०८१ श्रावण १ गते, मंगलवार

काठमाडौँ । सरकार आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यअनुसार राजस्व असुली गर्न असफल भएको छ । यस आर्थिक वर्ष सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व उठाउने महत्वकांक्षी लक्ष्य राखेकोमा असार मसान्तसम्ममा १० खर्ब ७७ अर्ब रुपैयाँ मात्रै राजस्व उठेको हो । सरकारले गत वर्ष करिब ४१ प्रतिशत राजस्व वृद्धिदर हुने लक्ष्य राखेपनि वर्षको अन्त्यसम्मा राजस्वमा ६.६७ प्रतिशतको मात्रै वृद्धि देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा भन्सार विभागले संकलन गरेको राजस्व ९ प्रतिशतले बढेपनि निर्धारित लक्ष्यअनुसार राजस्व संलकन गर्न असफल भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा सरकारले करिब ६७ अर्ब रुपैयाँ बढी राजस्व उठाएको छ । आर्थिक वर्ष २०७९÷८० मा सरकारले कुल १० खर्ब १० अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । यस वर्ष सरकारको राजस्व वृद्धिदर करिब ९ अर्ब रुपैयाँले ऋणात्मक रहेको थियो । यो बर्ष ठूला करदाता कार्यालयले गत आर्थिक वर्ष इतिहासकै सबैभन्दा धेरै राजस्व उठाएको छ । यसअघि सर्वाधिक १ खर्ब ८६ अर्ब रुपैयाँ राजस्व उठाएकोमा गत वर्ष कार्यालयले १ खर्ब १७ अर्ब रुपैयाँ राजस्व संकलन भएको जनाएको छ । आयात ऋणात्मक रहँदा पनि सरकारको राजस्व संकलन लक्ष्यअनुसार हुन नसकेको बताइन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु