‘बी. आर. आई. भ्रम र वास्तविकता´ बिषयक अन्तरक्रिया हुँदै

२०८१ श्रावण १ गते, मंगलवार


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले ‘वेल्ट एण्ड रोड इनिसियटिभ( बी.आर.आई)भ्रम र वास्तविकता’ बिषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। यहि साउन ३ गते बिहिबार कमलादीस्थित प्रज्ञाभवनमा हुने उक्त कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नेछन् भने नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका महासचिव देव गुरुङ, सिमाविद हिरण्यलाल श्रेष्ठ, पुर्वाधार विज्ञ डा. सुरेशराज आचार्य, डा. भीम रावल, प्राध्यापक पुष्प अधिकारी,डा. खगेन्द्र प्रसाईं लगायतका वक्ताहरूले बी आर आइ- भ्रम र वास्तविकताबारे धारणा राख्ने बताइएको छ ।
नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका सदस्य शङ्कर सीका अनुसार नेपाल सरकार र चिनियाँ सरकारबीच सम्झौता भइसकेको बी. आर.आई.बारे केही भ्रम रहेकोले यसको वास्तविकता र नेपालको आर्थिक विकासमा संभावित फाइदा कसरी हुन्छ भन्ने विषयमा विज्ञहरुसहितको सहभागितामा अन्तरक्रिया हुन लागेको हो ।

प्रतिक्रियाहरु