समाजवादी मोर्चाको बैठक बस्दै

२०८१ श्रावण १ गते, मंगलवार


काठमाडौँ । समाजवादी मोर्चा नेपालको बैठक आज अपरान्ह ४ बजे नेकपा (एकीृकत समाजवादी) को केन्द्रिय कार्यालय आलोकनगरमा बस्न लागेको छ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने पनि बताइएको छ ।
समाजवादी मोर्चामा नेपाल कम्युनिस्ट पार्टी , नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी रहेका छन् ।
समाजवादी मोर्चा नेपालको संयोजक नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी रहेका छन् । २०८० असार ४ गते सोमबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेर समाजवादी मोर्चा नेपाल गठन गरेका थिए ।
उक्त मोर्चाको सचिवालयमा नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सी, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेकपा समाजवादी पार्टीका उपाध्यक्ष प्रमेश हमाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ रहेका छन् ।

प्रतिक्रियाहरु