सबै अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामा सामेल गर्राईने

२०७० बैशाख १४ गते, शनिबार

काठमाडौँ । सबै अस्थायी शिक्षकलाई हाल खुला गरिएको शिक्षक सेवा आयोगको विज्ञापनमा आन्तरिक प्रतिस्पर्धामा सहभागी गराउन सरकार सहमत भएपछि अस्थायी शिक्षक संर्घष्ासमिति, २०६९ को आन्दोलन फिर्ता भएको छ । शिक्षा मन्त्रालयका सहसचिव र्सर्ूय गौतम र संर्घष्ासमितिका प्रतिनिधिबीच भएको वार्तामा सो सहमति भएको हो । सहमतिअनुसार २०६३ वैशाख ११ पछिका अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामा सामेल गर्राई विस्थापन हुनु नपर्ने वातावरण सिर्जनाका लागि विद्यमान शिक्षा ऐनमा संशोधन गरिनेछ । आयोगले गत पुस २० गते विज्ञापन खोलेको थियो । विज्ञापन खुला गर्दा २०६३ वैशाख १० अघिको मितिमा नियुक्त अस्थायी शिक्षकले मात्र आन्तरिक प्रतिस्पर्धामा सामेल हुन पाउने कानुनी व्यवस्था गरिएको थियो । सो सहमतिपछि पुस १९ गतेसम्मको अवधिमा नियुक्ति पाएका शिक्षकले पनि आन्तरिक प्रतिस्पर्धामा भाग लिन पाउने भएको समितिका अध्यक्ष रामचन्द्र अधिकारीले बताए । उनले मन्त्रालयले सहमतिको कार्यान्वयनका लागि शिक्षक सङ्गठनको सहभागितामा शिक्षा ऐन संशोधन मस्यौदा समिति गठन गर्न प्रतिबद्धता व्यक्त गरेकाले आफूहरुको आन्दोलन फिर्ता भएको बताए । समितिले माग पूरा नभए प्रवेशिका परीक्षाको उत्तरपुस्तिका सम्परीक्षणमा असहयोग गर्न लगायत आन्दोलनका कार्यक्रम र्सार्वजनिक गरेको थियो । वार्तामा नेपाल शिक्षक युनियनका अध्यक्ष दिलबहादुर जोशी, नेपाल राष्ट्रिय शिक्षक युनियनका अध्यक्ष बाबुराम अधिकारीलगायतको पनि सहभागिता थियो ।

प्रतिक्रियाहरु