नेपालमा ३९ टेलिभिजन र ४९६ एफ एम प्रशारक

२०६९ माघ ५ गते, शुक्रबार

काठमाडौ । सञ्चारमन्त्रालयका अनुसार नेपालभर ३९ वटा टेलिभिजनले प्रशारण अनुमति पाएको छ भने पछिल्लो समय देशभर ४ सय ९६ एफ एमले प्रशारणको अनुमति पाएका छन । त्यसैगरी ६ हजार ३५० पत्रिका र ७ सय ६० केवल प्रशारकले घर घरमा टिभी प्रशारण गर्न अनुमति लिएका छन । सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता नारायणप्रसाद सञ्जेलका अनुसार मंसिर महिनासम्ममा ३९ वटा टेलिभिजनलाई अनुमति प्रदान गरिएको छ । सन्जेलका अनुसार सोही अवधिसम्ममा स्याटेलाइन वितरण प्रणाली -डिटिएच) को अनुमति एक संस्थालाई र डाउनलिङ अनुमतिपत्र ८३ संस्थालाई दिइएको छ । यही मंसिर महिनासम्ममा ४९६ वटा एफएमलाई अनुमति दिइएकामा ३३६ वटा प्रसारणमा रहेको उल्लेख गर्दै प्रवक्ता सञ्जेलले भने, “सातवटाको अनुमति मंसिर महिनामा जारी गरिएक छ । यसैगरी मंसिर महिनासम्ममा ७६० वटा केबुललाई अनुमति प्रदान गरिएक छ । प्रवक्ता सञ्जेलले नेपाल पत्रकार महासंघको भवन निर्माण गर्न रु. एक करोड अनुदान उपलब्ध गराउने विषयमा मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको र सो सम्बन्धमा मन्त्रिपरिषद्बाट निर्णय भएअनुसारको रकम महासंघलाई उपलब्ध गराउन निकासाका लागि अर्थमन्त्रालयमा लेखी पठाइएको जानकारी दिए । प्रवक्ता सञ्जेलले २०६९ असार मसान्तसम्म छ हजार ३५० पत्रपत्रिका दर्ता रहेको र असार मसान्तपछि थप ७० वटाको दर्ता भएको जानकारी पनि दिए । नेपाल सरकारबाट तोकिएको श्रमजीवी पत्रकारहरूको पारिश्रमिक सञ्चार प्रतिष्ठानले उपलब्ध नगराएको भन्ने उजुरीका सम्बन्धमा सूचना विभागले त्यस्ता पारिश्रमिक उपलब्ध नगराउने प्रतिष्ठानलाई श्रमजीवी पत्रकारहरूलाई पारिश्रमिक उपलब्ध नगराएसम्म विभागबाट प्रदान गरिने लोक कल्याणकारी विज्ञापन प्रदानबापतको रकम वितरणमा रोक लगाउने नीति अवलम्वन गरिएको प्रवक्ता सञ्जेलले जानकारी दिए । प्रवक्ता सञ्जेलका अनुसार चलचित्रकर्मी कल्याणकोषमार्फत् चारजनालाई औषधोपचारका लागि सहयोग उपलब्ध गराइएको र ३३१ चलचित्रककर्मीको चलचित्र छायाङ्कनको अवधिको दुर्घटना बिमा गरिएको छ ।

प्रतिक्रियाहरु