वल्र्ड लिंकमा राजश्वको छापा

२०६९ माघ ५ गते, शुक्रबार

काठमाडौं, राजस्व अनुसर्धान विभागले इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्ड लिंक कम्युनिकेशन प्रालिका ११ वटा कार्यालयमा छापा मारेको छ । राजश्व छली गरेको उजुरीका आधारमा वल्ड लिंकको मुर्यालयसागै विराटनगर, लहान, जनकपुर, हेटौंडा, वीरगंज, भैरहवा, पोखरा, नेपालगंज, धनगढीमा छापा मारिएको विभागले जनाएको छ ।विभागले कम्पनीको रजिष्टर लगायत ग्राहक सेवाको वील, भौचर, भरपाई, कम्प्युटर, र्यापटप, सर्भमा भएको डाटा कर्जामा लिएको छ । र्याण्डविथ अवैध वितरण गरेको, स्वीकृति नलिई शाखा खोलेर अवैध कारोवार गरेको, कर छलि गरेको र अबैध रकम आर्ज गरी हुण्डीमार्फ बाहिर पठाइएको लगायतका अभियोगमा अनुसर्धान भइरहेको विभागको भनाई छ ।छानबिनका लागि भन्दै विभागले कम्पनीको रजिस्टर, ग्राहक सेवाको बिल, भौचर, भर्पाई, कम्प्युटर, र्यापटप र सर्भमा रहेको डाटासमेत नियन्त्रणमा लिएको छ ।कम्पनीले नेपाल दूरसर्चार प्राधिकरणको स्वीकृति नलिएरै भ्रातृ कम्पनी खडा गरी तिनीहरूलाई इमेल, इन्टरनेट र वेबसाइटको डोमेन वितरण गरेको आशंकामा छापा मारिएको विभागका महानिर्दशक जन्मजय रेग्मीले बताए । ँकम्पनीले र्यान्डविथको अवैध वितरण र खपतबाट अवैध रकम आर्ज गरी हुन्डीमार्फ बाहिर पठाएको र अवैध सम्पत्ति जर्मा गरेको सूचनाका आधारमा कागजात जफत गरेका हौं,ू उनले भने ।विभागका अनुसार कम्पनीले मूल्य अभिवृद्धि कर -र्याट), आयकर, ग्रामीण दूरसर्चार सेवा शुल्क र रोयल्टीसमेत छलेको छ । कम्पनी अध्यक्ष दिलीप अग्रवाल .,मनोज अग्रवाल र विजयकुमार जलानको नाममा रहेको विभागले जनाएको छ । विभाग निर्दशक भरतराज सुवेदीको नेतृत्व र क्षेत्रीय प्रमुखहरूको संलग्नतामा देशभर छापा मारिएको हो । राजस्व अनुसर्धान सशस्त्र प्रहरी बलसमेत परिचालन गरिएको थियो । कम्पनीको व्यवसायमा कुनै असर नपर्न गरी कागजात जफत गरिएको रेग्मीले बताए ।कम्पनीले अवैध रूपमा सम्पत्ति आर्ज गरेको र तिनको स्रोत नखुलेको सूचनाका आधारमा एक वर्षेखि सम्पत्ति शुद्धीकरण अनुसर्धान विभागमा पनि अनुसर्धान चलिरहेको छ । र्वाइसओभर इन्टरनेट प्रोटोकल -भीओआईपी) मार्फ कल बाइपास गरेको आरोपमा प्रहरीले एक वर्षघि वल्र्डलिंकमा छापा मारेको थियो । प्रहरीले उक्त मुद्दालाई थप अनुसर्धानका लागि विभाग पठाएको हो । विभागले अनुसर्धान जारी रहेको जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु