हेटौँडा-काठमाडौँ सुरुङमार्गको उद्घाटन छिट्टैहेटौँडा-काठमाडौँ सुरुङमार्गको उद्घाटन छिट्टै

२०६९ फाल्गुन ६ गते, आईतवार

काठमाडौँ ।  लामो समयदेखि चर्चामा रहेको हेटौँडा-कुलेखानी-काठमाडौँ सुरुङमार्गको निर्माण कार्य दर्ुइ साताभित्र उद्घाटन हुने भएको छ । अबको दर्ुइ साताभित्र सुरुङमार्ग निर्माण कार्यको उद्घाटन गरिने सुरुङमार्ग निर्माणको जिम्मा लिएको नेपाल पर्ूवाधार विकास कम्पनीका सञ्चालकहरूले बताएका छन् । रेडियो थाहा सञ्चारले आयोजना गरेको औद्योगिक विकास र चुनौती विषयक छलफल कार्यक्रममा कम्पनीका सञ्चालक सिद्धिलाल श्रेष्ठले गत माघ २६ गते नै उद्घाटन गर्न कार्यक्रम भौतिक योजना तथा निर्माण मन्त्रालय र कम्पनीबीचको छलफल लम्बिएकाले सम्भव नभएको बताउँदै अब दर्ुइ साताभित्र नै छलफल प्रक्रिया पूरा हुने विश्वास व्यक्त गरे । सरकारसँग भएको सम्झौताअनुसार बुझाइएको डिपिआर अध्ययनको लागि सरकारले ४ जना सचिवको समिति नै बनाएको र उक्त समितिले डिपिआर अध्ययन कार्य पूरा गरी सुझावसहित माग गरेको आवश्यक कागजपत्रसमेत कम्पनीले बुझाइसकेको सञ्चालक श्रेष्ठले जानकारी दिए । उद्घाटन भएको मितिले चार वर्षभत्र निमार्ण्र्ााार्य पूरा गर्ने कम्पनीको दाबी छ । सञ्चालक श्रेष्ठले भने- ‘७० प्रतिशत संस्थापकहरूको र ३० प्रतिशत र्सवसाधारणको लगानीबाट बनाउन लागिएको सुरुङमार्ग विकासको एउटा उदाहरण नै बन्नेछ ।’ रु १० करोड ८० लाखबाट काम सुरु गरिएको र हाल एक हजार र्सवसाधारणले शेयरको पेश्की रकम बुझाएको कम्पनीले बताएको छ । कम्पनीले छिट्टै र्सवसाधारणका लागि साधारणसभा गरेर शेयर खुला गर्ने भएको छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष लामिछानेले सुरुङमार्ग निर्माणका लागि नेपालमै दक्ष जनशक्ति रहेको बताउनुभयो । यो सुरुङमार्ग बनेपछि हेटौँडा-काठमाडौँको दूरी एक घण्टा मात्र हुने बताइन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु