चेल्सीद्धारा नरिच सिटी पराजित !

२०७७ श्रावण १ गते, बिहीबार

काठमाडौं , ३१ असार । इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सीले नरिच सिटीलाई पराजित गरेको छ । तालिकाको तेस्रो स्थानमा रहँदै अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने अभियानमा रहेको चेल्सीले यो सिजन प्रिमियर डिभिजनबाट झरीसकेको नरिच सिटीमाथि १–० को साँघुरो जित निकालेको हो । नरिच सिटीको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन फ्रेन्च स्ट्राइकर ओलिभर जिरुले पहिलो हाफको इन्जुरी समयमा निर्णायक गोल गरे ।

जितसँगै चेल्सीले जारी लिगमा दुई खेल खेल्न बाँकी रहेको अवस्थामा तेस्रो स्थानको पकड बलियो पारेको छ । ३६ खेलबाट ६३ अंक जोडेको चेल्सी चौथो स्थानको लेस्टर सिटी र पाँचौ स्थानको म्यान्चेष्टर युनाईटेडभन्दा ४ अंकले अगाडि छ । तर लेष्टर र म्यान्चेस्टर युनाईटेडले एक खेल खेल्न बाँकी छ ।  – एजेन्सी

प्रतिक्रियाहरु