नेकपाद्वारा गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगर्न आग्रह

२०७७ श्रावण १ गते, बिहीबार

काठमाडौँ , ६ असार । नेपाल कम्युनिस्ट पार्टीले गोर्खा भर्तीकेन्द्र खारेज गर्न माग गर्नुका साथै गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगर्न भारतलाई आग्रह गरेको छ । सो पार्टीका महासचिव विप्लवले अङ्गे्रज साम्राज्यवादकालीन गोर्खा भर्तीकेन्द्र खारेजीको माग गर्दै गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगर्न भारतलाई आग्रह हुन् । पार्टी महासचिव विप्लवले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पैसा र चाकडीका लागि युवाहरूलाई अर्काको देशमा लड्न पठाउने चलन २१ औँ शताब्दीमा पनि कायम राख्नु देशका लागि अपाच्य, अस्वीकार्य एवम् लज्जास्पद विषय भएको बताउँदै उक्त गोर्खा भर्तीकेन्द्र खारेज गर्न माग गर्नुका साथै नेपाली युवालाई चीनविरुद्ध लड्न नपठाउन आग्रह गरेका हुन् ।

सीमा विवादको विषयलाई लिएर हालै चीन र भारतबीच तनाव देखिएको अवस्थामा भारतले सीमा क्षेत्रमा गोर्खा रेजिमेन्टलाई तैनाथ गराउने तयारी गरिरहेको अवस्थामा नेकपाका महासचिव विप्लवले दुई देशका बीचमा स्वतन्त्र रहेको नेपालका युवा कुनै देशको सेनामा भर्ती भएर अर्को देशका विरुद्ध युद्धमा भाग लिने, एउटाका पक्षमा अर्काका विरुद्ध युद्ध लड्नुपर्ने कुरा उचित नभएको उल्लेख गरेका छन् । साथै सीमा क्षेत्रमा गोर्खा रेजिमेन्ट खटाउने कुरा असंलग्न राष्ट्रहरूले अवलम्बन गरेको सिद्धान्तका विरुद्ध पनि भएको भन्दै महासचिव विप्लवले उक्त कदम समान छिमेकीका बीचमा रहेको नेपाल र नेपाली जनताका लागि अति संवेदनशील र खतरनाक रहेको पनि उल्लेख गरेका छन् ।

महासचिव विप्लवले देशका लागि लज्जाजनक रहेको गोर्खा भर्तीलाई यथाशीघ्र खारेज गर्न र युवाहरूलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न राज्यसँग माग पनि गरेका छन् । उनले नेपाली युवाहरू कार्यरत गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगर्न भारतलाई आग्रह गरेका छन् । उनले नेपाली युवाहरूलाई आफ्नो जन्मभूमिमा श्रम गर्न र भारतीय सेनामा भर्ती भएर भाडावाल लडाकु नबन्न विशेष अपिलसमेत गरेका छन् । ब्रिटिसकालीन सम्झौताअनुसार अहिले पनि नेपालका लाखौँ युवा भारतीय सेना र बेलायती सेनामा कार्यरत छन् । भारतले चीनसँग सीमा विवाद भएका ठाउँहरूमा नेपाली फौजलाई पठाउने गरेको छ । यस्तै पाकिस्तानसँग सीमा विवाद भएका ठाउँमा पनि भारतले नेपाली फौज तैनाथ गरेको छ । बेलाबेलामा भारत र पाकिस्तानबीच भएका तनावहरूमा पनि गोर्खा रेजिमेन्टमा कार्यरत नेपालीहरूको ज्यान जाने गरेको छ । बेलायती साम्राज्यवादले पनि युद्धहरूमा नेपाली युवाहरूलाई नै अग्रमोर्चामा राखेर लडाउँदै आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

राष्ट्रिय सङ्कट र समाधान

२०८० आश्विन २१ गते, आईतवार

समाजवादी मोर्चा, नेपालको गठनबारे

२०८० भाद्र ४ गते, सोमबार

जेलमा रेशम चौधरीसँग भेट

२०८० बैशाख २४ गते, आईतवार

नवौँ महाधिवेशनका मुख्य संश्लेषणहरु

२०७९ फाल्गुन १० गते, बुधबार