अवैध हतियार १५ चैतभित्र बुझाउः गृहअवैध हतियार १५ चैतभित्र बुझाउः गृह

२०६९ फाल्गुन २० गते, आईतवार

काठमाडौं । गृह मन्त्रालयले आफूसाग भएका अवैध हातहतियार तथा खरखजाना तोकिएको निकायमा आगामी १५ चैतभित्र बुझाउन सम्बन्धित सबैमा अनुरोध गरेको छ । अवैध हातहतियार हातहतियार फेला परेमा प्रचलित कानुनबमोजिम त्यस्ता व्यक्तिलाई पााच वर्षसम्म कैद वा एक लाख रुपैयाासम्म जरिवाना वा दुवै सजाय हुने मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । नेपालको प्रचलित कानुनबमोजिम इजाजतबिना हातहतियार तथा खरखजाना राख्न वा प्रयोग गर्न नपाइने र अवैध हातहतियार राखे वा प्रयोग गरेको अवस्थामा कानुनबमोजिम कारबाही हुनेछ । कानुनी व्यवस्थाबारे जानकारी नभएर वा अरु कसैको लहैलहैमा लागेर बिनाइजाजत हातहतियार तथा खरखजाना राखेको भएमा त्यस्तो व्यक्तिलाई आफूसाग भएको सबै किसिमका अवैध हातहतियार तथा खरखजाना जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी एकाइमा बुझाउन पाउने गरी सरकारले यही १५ फागुनको निर्णयानुसार विशेष व्यवस्था गरेको छ ।

प्रतिक्रियाहरु