पेरिसडाडा’ भागबण्डा हुदै पेरिसडाडा’ भागबण्डा हुदै

२०६९ फाल्गुन २० गते, आईतवार

काठमाडौ । नेकपा-माओवादी र एकीकृत नेकपा माओवादीबीच काठमाडौाको कोटेश्वर पेरिसडाडास्थित एकीकृत माओवादीले प्रयोग गर्दै आएको कार्यालय समानुपातिक वितरण गर्न सहमति भएको छ । पार्टी विभाजन भएको करिब आठ महिनापछि दुई माओवादीबीच यस्तो सहमति भएको हो । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माओवादी अध्यक्ष मोहन वैद्यलगायत दुवै माओवादीको शुक्रबार बसेको उच्च पदस्थ नेताहरु सहभागी बैठकले पेरिसडाडा कार्यालयसम्बन्धी विवाद टुंग्याउने निर्णय गरेको हो । छलफलमा पार्टी फुट्दा बाडिएका सदस्यको आधारमा ऋण तिर्दै भवन र जग्गा बाड्ने तथा जग्गाको नामसारी मिलाउने लिखित सहमति भएको छ । स्रोतका अनुसार, पेरिसडाडा कार्यालयको झण्डै साढे ३ करोड रुपैयाऋण रहेको छ । यसअघि नेकपा-माओवादीले ३० प्रतिशत सम्पत्ति पाउने सहमति भएको थियो । माओवादी सचिव देव गुरुङले ऋण पनि त्यसै आधारमा बेहोर्नु सहमति भएको बताए । बैठकले एकीकृत माओवादी मातहतमा रहेको केन्द्रीय कार्यालय र चितवन कार्यालय भागबण्डाका लागि बाकी रहेका काम सक्न एकीकृत माओवादीका हितराज पाण्डे र नेकपा-माओवादीका देव गुरुङलाई जिम्मेवारी दिएको छ । चितवन पार्टी कार्यालय भवनकै विषयलाई लिएर यसअघि दुई माओवादीबीच झडपसमेत भएको थियो । शुक्रबारको बैठकले चितवन पार्टी कार्यालयको विषयमा दुई पार्टीबीच भएको भएको झडपलाई दुखद् भन्दै मुद्दा फिर्ता लिने र बन्दी रिहाइका लागि पहल गर्नु तथा आपसमा रहेको विवादलाई समझदारीपूर्ण तरिकाले हल गर्ने निर्णयसमेत गरेको छ । एकीकृत नेकपा -माओवादी)ले चार वर्षअघि पार्टी कार्यालय राख्न पेरिसडाडामा घरजग्गा किन्दा लागेको ऋण अझै चुक्ता गरिसकेको छैन । त्यतिबेला पार्टीका लागि सहकारीबाट ऋण निकाली जग्गा किनिएको थियो । सो ऋण समयमै नतिरेको भन्दै खरिद गर्ने नेताले बेच्ने धम्कीसमेत दिएका थिए । २ रोपनी ८ आना क्षेत्रफलमा रहेको सो भव्य घर दुई करोड ७२ लाख रुपैया हालेर २०६४ सालमा किनेको थियो । त्यसको एक वर्षपछि त्यही घरजग्गासित जोडिएको थप १२ आना २ पैसा जग्गा एक करोड ७२ लाख ५० हजार रुपैयाामा खरिद गरिएको थियो । सो जग्गामा अहिले एमाओवादीले क्यान्टिन सञ्चालन गरेको छ । माओवादी भ्रातृ संगठन उद्योग व्यापार महासंघका अध्यक्ष तथा मजदुर संगठनका तत्कालीन केन्दि्रय सदस्य शिव कट्टेलको अगुवाइमा घरजग्गा खरिद गरिएको थियो । पछिल्लोपटक जग्गा किन्दा कट्टेलको नाममा ललितपुरको पुल्चोकस्थित लालीगुराास सहकारी संस्था लिमिटेडबाट एक करोड २५ लाख रुपैयाा ऋण लिइएको थियो । सो जग्गा कट्टेलकै नाममा छ । सो ऋण तिर्न नसकेपछि सहकारीले कट्टेललाई च्यापिरहेको छ । पटक-पटक ताकेता गर्दा पनि पार्टीले पैसा नदिएपछि कट्टेलले जग्गा बेचेर ऋण तिर्नु चेतावनी दिएका हुन् । स्रोतका अनुसार, माओवादीले ऋण लिएको रकमको दुई वर्षको ब्याज करिब २२ लाख रुपैयाा तिरे पनि पछिला दुई वर्षमा ब्याजसमेत तिरेको छैन । कट्टेलले एमाओवादी अध्यक्ष दाहाललाई मौखिक मात्रै होइन, लिखित पत्र नै बुझाएर दबाब दिइसकेका छन् । तर, अध्यक्ष दाहालले आफूलाई ‘तपाईं त अर्कै खेमा -वैद्य समूह) मा लागिसक्नुभयो, उतैबाट माग्नुस्’ भनेर उल्टै थर्काएको बताइएको छ । जग्गा किन्न सहकारीबाट ऋण झिक्न भने अध्यक्ष दाहालले नै उनलाई भनेका थिए । ‘केही दिनभित्रै जनमुक्ति सेनाको पैसा आउने र ऋण चुक्ता गर्न’ त्यतिबेला दाहालले कट्टेललाई बताएका थिए । व्यापारी भीम धाख्वाको कोटेश्वर पेरिसडााडास्थित सो घरजग्गा माओवादीले दुई करोड ७२ लाख रुपैयाा खरिद गरेको थियो । माओवादीले सो घर जग्गा भ्रातृ संगठन अखिल नेपाल टे्रड युनियन महासंघको नाममा पास गरेको छ । धाख्वाले होटल चलाउने उद्देश्यले काठमाडौा सहर देखिने अग्लो ठाउा पेरिसडााडामा सो घर बनाएका थिए । घर बनाउादा उनले राष्ट्रिय वाणिज्य बैंक र विभिन्न व्यक्तिसित ऋण लिएका थिए । तर, होटल राम्ररी सञ्चालनमा नआउदा उनी सुन तस्करी काण्डमा फसे । त्यसपछि उनको व्यापार झन् चौपट भएको थियो । धाख्वाले ऋण तिर्न सकेनन् । वाणिज्य बैंकले घरजग्गा लिलामीको सूचना निकाल्यो भने धाख्वालाई ऋण दिएकाहरुले ‘धाख्वापीडित संघ’ नै गठन गरे । धाख्वाले आफूहरुसाग लागेको ऋण चुक्ता नहुन्जेल बैंकले उक्त घर लिलाम गर्न नपाउने भन्दै पीडितहरुले अवरोध गरेपछि किचलो झन् बढ्यो । माओवादी शान्ति प्रक्रियामा आएपछि कट्टेलको अगुवाइमा केन्दि्रय कार्यालयका लागि घर खरिद गर्न प्रक्रिया अघि बढ्यो । त्यसका लागि धाख्वाले वाणिज्य बैंकलाई तिर्न बाकी २ करोड र धाख्वापीडित संघ गठन गरेका नौ जनालाई ४० लाख रुपैया दिने सर्तमा घरजग्गा खरिद गर्न सहमति कट्टेलले नै गराएका थिए ।

प्रतिक्रियाहरु