वाईफाई ७ सार्वजनिक !

२०८० पुष २९ गते, आईतवार

काठमाडौँ । अन्तर्राष्ट्रिय वाइफाइ ब्रान्ड कन्सोर्टियमले एआर/भिआर, गेमिङ र फोरके/एटके भिडियो स्ट्रिमिङ जस्ता प्रविधिहरूको अनुभव र सिमलेस कनेक्टिभिटी सुधार गर्न आफ्नो नवीनतम वाईफाई ७ स्टयाण्डर्ड सुरु गरेको छ । यो अर्को पुस्ताको वाइफाइ संसारको भविष्य हो, जसमा तपाईंले कम विलम्बता र उत्कृष्ट ट्रान्सफर स्पीड पाउनुहुनेछ । यो प्रविधि मिक्स्ड रियालीटी डिभाइस र एटके स्ट्रिमिङका लागि उत्तम विकल्प भएको बताइएको छ ।
यससँगै एप्पलले आफ्नो भविष्यका उपकरणहरूमा पनि यो प्रविधि प्रयोग गर्ने तयारी गरिरहेको छ । वाईफाई ७ कसरी अघिल्लो जेनरेशनको विकल्प अर्थात वाइफाइ सिक्स इ भन्दा राम्रो छ भन्ने कुरा जानकारी दिदैछौं ।
वाईफाई सिक्स इ एक मात्र वाइफाइ ६ हो जुन स्ट्याण्डर्ड ६ गिगाहर्ज ब्यान्डको समर्थनमा आउँछ । जबकी वाइफाइ ७ मा थप महत्त्वपूर्ण परिवर्तनहरू भएका छन् ।
वाईफाई सिक्स इको अधिकतम ट्रान्सफर स्पीड लगभग ९ जीबीपीएस छ । जबकी वाईफाई सातले ४६ गिगाबाइट पर सेकेण्डसम्मको गति प्रदान गर्दछ, जुन लगभग छ गुणा हो । तर वाइफाइ सातले ३२० मेगाहर्ज च्यानलमा काम गर्छ, जुन अघिल्लो पुस्ताले प्रयोग गरेको भन्दा धेरै हो ।वाइफाइ सातको मद्दतले, तपाईंका यन्त्रहरूले विभिन्न फ्रिक्वेन्सीका धेरै लिङ्कहरूमा एकै साथ डाटा ट्रान्सफर र प्राप्त गर्न सक्ने छ ।
वाईफाई ७–सक्षम यन्त्रहरूले कम समयमा धेरै डाटा प्रसारण गर्न सक्छन् । यसले एआर/भिआर डिभाइसलाई फोरके भन्दा माथिको रिजोल्युसनमा लाइभ स्ट्रिमिङ, अनलाइन गेम र थ्रीडी सामग्री सजिलैसँग चलाउन अनुमति दिनेछ ।-आइसिटी समाचार

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु