प्रवास

दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलको छत भत्कियो !

काठमाडौँ । समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल १ को छाना शुक्रबार बिहानै परेको भीषण वर्षाका कारण खसेको छ । टर्मिनल भवनको छत भत्कँदा एक जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन्। यो छाना सवारीसाधन र ट्याक्सीमा खसेको थियो जसमा केही मानिस पुरिएका थिए ।घटनाको […]

२०८१ असार १५ गते, शुक्रबार

मक्काको तापक्रम ५१.८ डिग्री सेल्सियस : १३ सय हज यात्रीको मृत्यू

काठमाडौँ । हजयात्राका क्रममा मृत्यु हुनेको संख्या १३ सय नाघेको छ। भीषण गर्मी र लामो दूरीको पैदल यात्राका कारण हजयात्रीको मृत्यु भएको साउदी अरब सरकारले पुष्टि गरेको छ। ज्यान गुमाउनेमध्ये धेरैजसो अनधिकृत हजयात्री छन्। साउदी अरबको समाचार एजेन्सी एसपीएका अनुसार मृत्यु हुनेमध्ये तीन चौथाईभन्दा बढी व्यक्तिलाई मक्का जाने अनुमति थिएन, जो चर्को गर्मीमा लामो पैदल […]

२०८१ असार ११ गते, सोमबार

अत्यधिक गर्मीका कारण ५०० भन्दा बढी हज तीर्थयात्रीको मृत्यु

काठमाडौं । यस वर्षको हज तीर्थयात्रीको आधिकारिक मृत्यु संख्या झण्डै ५०० पुगेको छ र वास्तविक संख्या त्यसको दोब्बर भन्दा बढी हुन सक्ने रिपोर्टहरू आएका छन् । मक्का जाने मार्गमा अत्यधिक गर्मीका कारण ६०० जना मिस्री तीर्थयात्रीहरूको मृत्यु भएको बताइएको छ।प्रत्येक देशका अधिकारीहरूका अनुसार कम्तीमा १४ मलेसियाली, १६५ इन्डोनेसियाली, ६८ जोर्डनी, ३५ पाकिस्तानी, ३५ ट्युनिसियाली, ११ […]

२०८१ असार ९ गते, शनिबार

चीनमा भारी वर्षा : दशौं हजार मानिस विस्थापित

काठमाडौँ । दक्षिणी चीनमा भारी वर्षाका कारण सो क्षेत्रमा आएको बाढीबाट जोगाउन दशौं हजार मानिसलाई अन्यत्र सारिएको छ ।यही जुन ९ यता सो क्षेत्रमा नौजना मानिसको मृत्यु भएको छ । सहरी क्षेत्रमा जताततै पानी भरिएको जनाइएको छ । चीनको राष्ट्रिय ब्रोडकास्टर सीसीटिभीले शुक्रबार जनाएअनुसार ९ जनाको मृत्यु स्थानी गुआङदोङ प्रान्तको मैझूमा भएको थियो । सोंग्युयन […]

२०८१ असार ८ गते, शुक्रबार

गर्मीका कारण ५७७ जना हज यात्रीको मृत्यु

काठमाडौँ । द गार्डियनको रिपोर्टका अनुसार साउदी अरेबियाको मक्कामा जुन १२ देखि जुन १९ सम्म गर्मीका कारण ५७७ हज यात्रीको मृत्यु भएको छ । जुन १७ मा मक्काको ग्रान्ड मस्जिदमा ५१.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो। गर्मीका कारण मर्नेमा ३२३ इजिप्टका र ६० जना जोर्डनका नागरिक थिए । यसबाहेक इरान, इन्डोनेसिया र सेनेगलका हज […]

२०८१ असार ७ गते, बिहीबार

गर्मीले १४ जना हजयात्रीको मृत्यु

काठमाडौँ । साउदी अरबमा हज यात्रामा रहेका १४ जना हजयात्रीहरुको गर्मीका कारण मृत्यु भएको छ । जोर्डनको विदेश मन्त्रालयले एक बिज्ञप्ती जारी गर्दै उच्च तापमानका साथ चलेको तातो हावाका कारण उनीहरुको मृत्यु भएको पुष्टी गरेको छ । मृत्यु हुनेमा सबैजना जोर्डनका नागरिकहरु रहेका छन् । हज यात्रामा रहेका अधिकांश हज यात्रीहरु गर्मीको चपेटामा पर्दा १७ […]

२०८१ असार ४ गते, सोमबार

अत्याधिक गर्मीका कारण १३ जनाको मृत्यु

काठमाडौँ । अत्याधिक गर्मीका कारण भारतको जनजीवन कष्टकर बनेको छ । भारतको बिहारमा विगत २४ घण्टामा गर्मीका कारण १३ जनाको मृत्यु भएको छ । बिहारको औरंगाबाद, सारण र गयामा गरी १३ जनाको मृत्यु भएको हो । हाल त्यहाँको तापक्रम ४६ डिग्री मापन गर्दा अन्य राज्यहरुको तापक्रम ४३ डिग्री माथि पुगेको छ ।भारतीय मौसम विभागका अनुसार […]

२०८१ असार ३ गते, आईतवार

अलकनंदा नदीमा टेम्पो खस्दा चालकसहित १४ जनाको मृत्यु

काठमाडौँ । भारतको उत्तराखण्डको बद्रीनाथ राष्ट्रिय राजमार्गमा पर्यटक बोकेको टेम्पो सडकबाट चिप्लिएर अलकनंदा नदीमा खस्दा चालकसहित १४ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । समाचार एजेन्सी पिटिआईका अनुसार पर्यटकहरू चोप्ता जाने क्रममा रैतोली गाउँ नजिकै शनिबार बिहान साढे ११ बजे दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको […]

२०८१ असार ३ गते, आईतवार

रुसी सेनामा भर्ती भएका थप दुई नेपालीको मृत्यु

काठमाडौँ । परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भएका थप दुई नेपालीको मृत्यु भएको जनाएको छ । मन्त्रालयका अनुसार रुकुमका बलराम गुरुङ र दैलेखका तेजबहादुर शाहीको मृत्यु भएको हो । यो सँगै रुस युक्रेन युद्धमा मर्ने नेपालीको संख्या २५ पुगेको छ । परराष्ट्र मन्त्रालय श्रोतका अनुसार रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भइ युक्रेनसँगको युद्धका क्रममा युक्रेनको […]

२०८१ जेष्ठ ३१ गते, बिहीबार

कुवेतको श्रमिक क्याम्पमा आगलागी: तीन नेपाली घाइते

काठमाडौँ । कुवेतस्थित नेपाली दूतावासले कुवेतको महंगाफस्थित श्रमिक क्याम्पमा आगलागी हुँदा तीन जना नेपाली घाइते भएको जनाएको छ । दूतावासले सो क्याम्पमा पाँच जना नेपाली रहेकोमा तीन जना सामान्य घाइते भएको र दुई जना सुरक्षित रहेको जनाएको छ ।श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले घाइते भएका नेपाली श्रमिकको विषयमा जानकारी लिएका छन् […]

२०८१ जेष्ठ ३१ गते, बिहीबार