प्रवास

चलचित्र निर्देशक घोषको निधन

काठमाडौं, जेठ १६ – भारतका चर्चित चलचित्र निर्देशक ऋतुपर्णो घोषको ४९ वर्षको उमेरमा हृदयघातबाट निधन भएको छ ।उनको निधन दक्षिण कोलकाताको आफ्नै निवासमा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।१२ पटक राष्ट्रिय पुरस्कार र केही अन्तर्राष्ट्रिय पुरस्कार पनि पाएका घोष केही समययता पाचन प्रक्रियामा देखिएको समस्याबाट पीडित थिए ।१९९२ देखि फिल्मी करियर सुरु गरेका घोषले […]

२०७० जेष्ठ १६ गते, बिहीबार

यूएईमा नेपाली साहित्यिक महोत्सव हुने

सम्युत्त अरव एमिरेट्स युएईमा साहित्यिक कार्यक्रम हुने भएको छ । यहाँ कार्यरत नेपाली साहित्यकारहरुको पहलमा अनाथ बालबालिकाको शिक्षा र स्वास्थ्यमा सहयोग गर्नका लागि कार्यक्रम गरिन लागिएको हो । आउदो शुक्रबार दुबइको इम्पेरियल स्वीट होटलमा हुने कार्यक्रमको स्थानिय सम्योजकत्व परमा सुबेदी घाणेकरले गरेकी छन । यूएईमा साहित्यिक कार्यक्रम हुने गरेका भएपनि अनाथ बालबालिकाको शिक्षा र स्वास्थ्यमा […]

२०७० जेष्ठ १५ गते, बुधबार

अष्ट्रेलियाका वासिन्दा सबैभन्दा सुखी

फ्रान्सको आर्थिक सहयोग तथा विकास संगठनले तयार पारेको उच्चतम जीवन सुचकांकमा अष्ट्रेलिया लगातार तेश्रोपल्ट शीर्ष स्थानमा पर्न सफल भएको छ । स्वीडेन, क्यानडा, नर्वे र स्वीटजरल्याण्ड शीर्ष पाँचमा परेका छन् । विकसित अर्थव्यवस्था भएका ३० भन्दा बढी देशहरुमा आयस्तर, स्वास्थ्य, सुरक्षा, आवास जस्ता मापदण्डलाई आधार बनाई सर्वेक्षण गरिएको थियो । संगठनका अनुसार अष्ट्रेलियाका १५ देखि […]

२०७० जेष्ठ १४ गते, मंगलवार

छैठौं एनआरएन बैठक स्वीजरल्याण्डमा

छैठौं एनआरएन बैठक स्वीजरल्याण्डमा यूरोपमा नेपाली एकता,प्रगति र पहिचान सामूहिक लागानीमा नयाँ अभियान“ भन्ने नाराका साथ छैठौं एनआरएन युरोपियन क्षेत्रिय बैठक तथा चौंथौ क्षेत्रिय महिला सम्मेलन आगामी जुन २२– २३, २०१३ मा जुरिक स्वीजरल्याण्डमा आयोजना गरिनेभएको छ ।जुनको २२ तरीख बिहान उद्घाटन भै दुई दिनसम्म विभिन्न महत्वपुर्ण विषयहरुमा अन्तरकृया तथा प्रस्तुतिहरु सहित २३ तारिखमा घोषणापत्रहरु […]

२०७० जेष्ठ १३ गते, सोमबार

कांग्रेस परिवर्तन यात्रामा माओावदी आक्रमण

छत्तिसगड १२ जेठ । छिमेकीमुलुक भारतको छत्तिसगडस्थित बस्तर जिल्लामा गएराति भएको एक ठूलो आक्रमणमा भारतीय कांग्रेस आईका वरिष्ठ नेता महेन्द्र कर्मासहित २० जना मारिएको भारतीय सञ्चारमाध्यमरुले जनाएका छन् ।कांग्रेसले चुनावी अभियानका लागि सुरु गरेको परिर्वतन यात्रामा भारतीय माओावदीले आक्रमण गर्दा वरिष्ठ नेता कुमार पटेल महेन्द्रकर्मासहित अन्य दूई पूर्व सभासद मुदलियार गोपी माधवन पनि मारिएको समाचारमा […]

२०७० जेष्ठ १२ गते, आईतवार

अफगानिस्तानको आत्मघाती हमला

अफगानिस्तान, ११ जेठ– अफगानिस्तानको काबुलस्थित यूएन कार्यालयनजिक भएको तालिबानी आक्रमणमा एक नेपालीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । आक्रमणमा अन्य ६ जनाको पनि ज्यान गएको छ । शुक्रबार राति तालिबानले गराएको शक्तिशाली कार बम विस्फोटमा उनीहरुको मृत्यु भएको हो । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)को आवासगृहमा तालिवानी हमला भएको हो । आक्रमणमा […]

२०७० जेष्ठ ११ गते, शनिबार

नेपाल–चीन सीमासुरक्षा बैठक तिब्बतमा

काठमाडौं, –सीमा समस्याबारे छलफल गर्न नेपाल र चीनका स्थानीय अधिकारीहरुको बैठक आज बस्दै छ । चीनको तिब्बतमा हुने बैठकमा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोखरेल नेतृत्वको १० सदस्यीय टोली सहभागी हुने छ । टोलीमा जिल्ला प्रहरी प्रमुख प्रताप कुमार गुरुङ्ग, अनुसन्धान विभागका जिल्ला प्रमुख मोहन काफ्ले मगर, कोदारी अध्यागमन प्रमुख जगन्नाथ शर्मा पौडेल लगायत छन् […]

२०७० जेष्ठ ९ गते, बिहीबार

युएईमा छोरी खोज्दै

युएई । झापा दमकका मोहन भण्डारी प्राय भेटने मान्छेलाइ आपनो साथमा रहेको तस्बिर देखाउदै भन्छन यो मेरी छोरी हो तपाइले कतै देख्नु भएको छ ? सबैको जबाफ कतै नदेखेको आउछ । भण्डारी निराशा हुन्छ तर पुन आफनो काममा निरन्तरता दिन्छन । भण्डारीले आफनी छोरि कस्तुरीको खोजि गरेको ४ वर्ष पुरा भयो तर भेटाउन सकेका छैन […]

२०७० जेष्ठ ८ गते, बुधबार

कोरियामा नेपाली युवाद्वारा आत्महत्या

काठमाडौं,– कोरियामा एक नेपालीले मंगलबार विहान आत्महत्या गरेका छन् । वैदेशिक रोजगारीका लागि ईपीएस मार्फत कोरिया पुगेका हर्दीनेटा–६ का अर्जुन पन्तले झुन्डिएर आत्महत्या गरेका हुन् ।करिब दुई वर्षअघि कोरिया पुगेका २३ वर्षीय पन्तले स्वदेश फर्कने तयारी गरिरहेका बेला आत्महत्या गरेका हुन् । थेगुस्थित मिहोङ सानप नामक कपडा उद्योगमा कार्यरत पन्त अस्वस्थ भएपछि विदामा घर फर्कने […]

२०७० जेष्ठ ७ गते, मंगलवार

चिनियाँ र भारतीय प्रधानमन्त्रीवीच भेटवार्ता

तीन दिने भारत भ्रमण रहेका चिनियाँ प्रधानमन्त्री लि केचियाङ र भारतीय प्रधानमन्त्री मनमोहन सिंहबीच भेटवार्ता भएको छ ।भेटमा भारतीय प्रधानमन्त्री सिंहले भारत प्रशाशसत जम्मु काश्मिरको लद्दाखमा चिनियाँ सुरक्षाकर्मीले प्रवेश गरेको विषयमा गम्भीर चिन्ता व्यक्त गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उहाँले सीमा क्षेत्रको विषयमा उत्पन्न विवादले दुई देशबीचको सम्बन्धमा असर पुग्ने बताउनुभयो । उहाँहरुबीच ब्रह्मपुत्र […]

२०७० जेष्ठ ६ गते, सोमबार