प्रवास

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन अपिल

काठमाडौँ । पाकिस्तानस्थित नेपाली राजदूतावासले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार हिंसात्मक आक्रमण भएपछि त्यहाँको सरकारले बाहिर ननिस्किने अपिल गरेको हो । राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन् । उक्त राजदूतावासले शनिबार एक सूचना जारी गरी ‘किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका […]

२०८१ जेष्ठ ६ गते, आईतवार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन पुगेका छन् । राष्ट्रपति पुटिनले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्नेछन् । पुटिन र सी जिनपिङबीच हुने भेटवार्तालाई पश्चिमा राष्ट्रहरूले नियाली रहेका छन् । रुस र चीनबीचको साझेदारी कसरी अगाडि बढ्छ भन्ने विषयमा पुटिन र जिनपिङको भेटमा छलफल हुनेछ । रुस र युक्रेनबीच दुई वर्षभन्दा बढी […]

२०८१ जेष्ठ ३ गते, बिहीबार

कश्मीरमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

काठमाडौँ । भारतको दिल्लीस्थित नेपाली दूतावास र सामाजिक संस्था ‘किन इन्डिया’ को समन्वयमा नेपालबाट मजदुरीका लागि भारतको कश्मीर पुर्‍याएर बन्धक बनाई काममा लगाइएका ३५ जनाको उद्धार भएको छ । दलालले सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट राम्रो आम्दानीको प्रलोभन दिई उनीहरूलाई कश्मीर पुर्‍याएका थिए । सबै मजदुरलाई कश्मीरबाट उद्धार गरेर मंगलबार दिल्ली ल्याइएको छउद्धार गरिएका […]

२०८१ जेष्ठ २ गते, बुधबार

होर्डिङ बोर्ड ढल्दा आठ जनाको मृत्यु, ६० जना घाइते

काठमाडौँ । भारतको मुम्बईमा अचानक आएको आँधीका कारण एउटा विशाल होर्डिङ बोर्ड भत्किँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी करिब ६० जना घाइते भएको अधिकारीहरूले बताएका छन् । प्रहरीका अनुसार ७० मिटर लामो होर्डिङ बोर्ड सहरको घर र पेट्रोल स्टेसनमा खसेको थियो । उद्धार कार्य जारी रहेकाले करिब २० देखि ३० जना […]

२०८१ जेष्ठ १ गते, मंगलवार

चित्रकार रन्जु यादवले डेनमार्कका बालबालिकालाई सिकाइन् मिथिला चित्र

काठमाडौँ । युरोप भ्रमणमा रहेकी मिथिला चित्रकार रन्जु यादवले डेनमार्कको राजधानी कोपनहेगनमा शुक्रबार मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिएका छिन् । चित्रकार यादवले डेनमार्कमा बस्ने नेपाली र भारतीय बालबालिकालाई मिथिला चित्रसम्बन्धी प्रशिक्षण दिएकी हुन् ।चित्रकार यादव अहिले तेतिस दिवसीय युरोप भ्रमणको क्रममा डेनमार्कमा छिन् । यही मौका छोपेर गैरआवासीय नेपाली संघ डेनमार्कले कोपनहेगनमा शुक्रबार एक दिवसीय मिथिला […]

२०८१ बैशाख २९ गते, शनिबार

भारतमा लोकसभाको तेस्रो चरणको मतदान हुँदै

काठमाडौँ । भारतमा लोकसभा चुनावको तेस्रो चरणको मतदान सुरु भएको छ । तेस्रो चरणमा कुल १.८५ लाख मतदान केन्द्रमा १७।२४ करोड मतदाताले मतदान गर्ने भारतीय निर्वाचन आयोगले जनाएको छ । यस चरणमा ११ राज्य र केन्द्र शासित प्रदेशको ९३ सिटमा मतदान भइरहेको छ । यस चरणमा हाइप्रोफाइल नेताहरु गृहमन्त्री अमित शाह, नागरिक उडड्यनमन्त्री ज्योतिरादित्य सिन्धे, […]

२०८१ बैशाख २५ गते, मंगलवार

भारतद्वारा प्याज निर्यात खुला

काठमाडौँ । भारतले प्याज निर्यात खुला गरेको छ । प्याजको उत्पादन बढेपछि भारत सरकारले सो निर्णय गरेको हो । भारतले शनिबारबाट प्याज निकासीमा लगाइएको सबै प्रतिबन्ध हटाइएको वाणिज्य मन्त्रालयले जानकारी दिएको छ । यो वर्ष भारतमा प्याज उत्पादन बढेको र अझै बढी उत्पादन हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।सरकारी अनुमान अनुसार २०२४ को यस […]

२०८१ बैशाख २३ गते, आईतवार

शताब्दीऔँ पुराना मूर्ति नेपाल फिर्ता

काठमाडौँ । अमेरिकास्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गर्नुभएको ती सामग्री हालै हवाइ टापुमा हस्तान्तरण गरिएको थियो । दूतावासका कर्मचारीलाई हस्तान्तरण गरिएका ती सामग्री पुरातत्व विभागसँगको समन्वयमा बिहीबार हवाइबाट नेपाल पठाइएको हो । तेह्रौँ, सत्रौँ र अठारौँ शताब्दीका मूर्ति स्वदेश पठाइएको दूतावासले जनाएको छ […]

२०८१ बैशाख २१ गते, शुक्रबार

अबुधाबी र दुबईमा पुन:भारी वर्षा, जनजीवन प्रभावित

काठमाडौँ । संयुक्त अरब इमिरेट्सको अबुधाबी र दुबईसँगै अन्य क्षेत्रमा फेरि वर्षाका कारण जनजीवन प्रभावित भएको छ। चट्याङसहित वर्षा भइरहँदा नागरिकहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। अहिले पनि विभिन्न स्थानमा ठूलो वर्षा भइरहेको गल्फ न्यूजले उल्लेख गरेको छ।त्यहाँको मौसम विभागले आवश्यक भएमा मात्रै घरबाट बाहिर निस्कन आग्रह गरेको छ। अत्यावश्यक काममा लागि बाहेक ड्राइभिङ नगर्न […]

२०८१ बैशाख २० गते, बिहीबार

राजमार्ग भासिँदा १९ जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौँ । दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भासिँदा कम्तीमा १९ जनाको मृत्यु भएको अल जजिराले जनाएको छ । मेजियु शहर र दाबु काउन्टीबीचको एस–१२ राजमार्गको १७.९ मिटर सडकखण्ड बुधबार बिहान २ः१० बजे भासिएको र उक्त घटनामा कम्तीमा १८ सवारी साधनहरू फसेको थिए ।उक्त घटनामा १९ व्यक्तिको मृत्यु भएको पुष्टि भएको र ३० […]

२०८१ बैशाख १९ गते, बुधबार