प्रवास

अबुधाबी र दुबईमा पुन:भारी वर्षा, जनजीवन प्रभावित

काठमाडौँ । संयुक्त अरब इमिरेट्सको अबुधाबी र दुबईसँगै अन्य क्षेत्रमा फेरि वर्षाका कारण जनजीवन प्रभावित भएको छ। चट्याङसहित वर्षा भइरहँदा नागरिकहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। अहिले पनि विभिन्न स्थानमा ठूलो वर्षा भइरहेको गल्फ न्यूजले उल्लेख गरेको छ।त्यहाँको मौसम विभागले आवश्यक भएमा मात्रै घरबाट बाहिर निस्कन आग्रह गरेको छ। अत्यावश्यक काममा लागि बाहेक ड्राइभिङ नगर्न […]

२०८१ बैशाख २० गते, बिहीबार

राजमार्ग भासिँदा १९ जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौँ । दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भासिँदा कम्तीमा १९ जनाको मृत्यु भएको अल जजिराले जनाएको छ । मेजियु शहर र दाबु काउन्टीबीचको एस–१२ राजमार्गको १७.९ मिटर सडकखण्ड बुधबार बिहान २ः१० बजे भासिएको र उक्त घटनामा कम्तीमा १८ सवारी साधनहरू फसेको थिए ।उक्त घटनामा १९ व्यक्तिको मृत्यु भएको पुष्टि भएको र ३० […]

२०८१ बैशाख १९ गते, बुधबार

किर्गीस्तान गैरकानुनी बाटोबाट रोजगारीमा नजान आग्रह

काठमाडौँ । इस्लामावादस्थित नेपाली दूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै नेपाली ठगिएका तथा त्यहाँ पुगेकाहरू अलपत्र परेका जनाउँदै वैदेशिक रोजगारीका निम्ति कानुनी बाटोमात्र प्रयोग गर्न अनुरोध गरेको छ । दूतावासले ठगीमा परेकामध्ये केहीलाई किर्गीस्तानको बाटो प्रयोग गरी अन्य मुलुकमा पठाउने आश्वासन दिइएको जानकारी प्राप्त भएको बताउँदै अलपत्र परेकामध्ये केहीलाई उद्धार गरी नेपाल […]

२०८१ बैशाख १९ गते, बुधबार

पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज

काठमाडौँ । भारतको उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ । लाइसेन्स रद्द भएका उत्पादनहरुमा स्वसरी गोल्ड, स्वसरी वाटी, ब्रोन्कोम, स्वासरी प्रवाही, स्वसरी अवलेह, मुक्तवती एक्स्ट्रा पावर, लिपिडम, बीपी ग्रिट, मधुग्रित, मधुनाशिनी वती एक्स्ट्रा पावर, लिवामृत एडभान्स, लिभोग्रिट, आईग्रिट गोल्ड र पतञ्जली डा. आँखा ड्रपहरू समावेश छन् ।उत्तराखण्ड सरकारले सर्वोच्च अदालतमा […]

२०८१ बैशाख १८ गते, मंगलवार

चीनले नेपालीसँग भिसा शुल्क नलिने !

काठमाडौँ । चीनले नेपालीसँग भिसा शुल्क नलिने भएको छ । नेपालका लागि चीनका राजदूत छन सोङले ट्वीट गर्दै मे १ अर्थात् यही वैशाख १९ गतेदेखि चीनले नेपालीसँग भिसा शुल्क नलिने बताए । उनले नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई प्रवर्द्धन गर्न र नेपाल र चीनबीच व्यक्तिगत आवतजावतलाई थप सहज बनाउन भिसा शुल्क नलिने निर्णय गरेको जानकारी […]

२०८१ बैशाख १६ गते, आईतवार

भारतीय वायुसेनाको विमान दुर्घटना

काठमाडौँ । भारतीय वायुसेना आईएएफ को यूएभी विमान राजस्थानको जैसलमेरमा दुर्घटनाग्रस्त भएको छ। प्राविधिक गडबडीका कारण दुर्घटना भएको बताइएको छ। भारतीय पत्रिकाका अनुसार विमान नियमित उडानमा थियो। दुर्घटनामा कुनै पनि भौतिक वा मानवीयक्षतिको खबर छैन। यो दुर्घटना जैसलमेरको पिथला क्षेत्रमा भएको हो। प्रहरी उपरीक्षक सुधीर चौधरीले यो टोही विमान हुन सक्ने बताएका छन्। दुर्घटनाको जानकारी […]

२०८१ बैशाख १३ गते, बिहीबार

श्रीलंकामा मोटर रेसका क्रममा दुर्घटना : सात जनाको मृत्यु, १८ घाइते

काठमाडौँ । श्रीलंकामा आयोजना गरिएको मोटर रेसको समयमा एउटा कार ट्रयकबाट बाहिर जाँदा सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ बर्षिया बालिकासहित मोटर रेसका अधिकारी र दर्शकहरु रहेका छन् । श्रीलंकाको दियातलावा शहरमा आयोजना गरिएको उक्त रेसका क्रममा भएको दुर्घटनामा १८ जना घाइते भएका छन् । दुर्घटनामा ५ जनाको घटनास्थलमा नै मृत्यु भएको […]

२०८१ बैशाख १० गते, सोमबार

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन आग्रह

काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ । आइतबार बिहानैदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायत क्षेत्रमा ड्रोन आक्रमण गरेपछि नेपाली दूतावासले सार्वजनिक सूचना जारी गरी आफ्नो सुरक्षाको ध्यान दिन आग्रह गरेको हो । दूतावासले सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको […]

२०८१ बैशाख २ गते, आईतवार

पोर्चुगलमा समुद्रमा डुबेर नेपाली युवकको मृत्यु

काठमाडौँ । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ। अर्का नेपाली युवा बेपत्ता भएका छन्। शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका-५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो। सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका छन्। दुवैजना शनिबार राति बेपत्ता भएको तामाङ समाज पोर्चुगलका अध्यक्ष […]

२०८० चैत्र २६ गते, सोमबार

एनआरएनएका दुवै कार्यसमिति अमान्य

काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा नेतृत्व गरेका बद्री केसी र आरके शर्मा दुवै कार्यसमितिलाई अमान्य ठहर गरेको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले केसी र शर्मा दुवै नेतृत्वको छुट्टाछुट्टै एनआरएनएको समितिलाई अमान्य ठहर गरेको हो ।अदालतले २०७८ माघ १ गते एनआरएनएका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित […]

२०८० चैत्र २२ गते, बिहीबार