प्रवास

ताइवान भूकम्प : १२९ जना च्यापिएको अनुमान !

काठमाडौँ । ताइवानमा बुधबार गएको शक्तिशाली भूकम्पमा च्यापिएकाहरुको उद्धार कार्य भइरहेको छ । अधिकारीहरुका अनुसार भुकम्पले भत्किएका संरचनामा १ सय २९ जना च्यापिएको प्रारम्भिक अनुमान छ । बुधबार बिहान गएको ७ दशमलब ४ म्याग्नेच्यूडको शक्तिशाली भूकम्पमा परी कम्तिमा ९ जनाको मृत्यु भएको छ भने ९ सयभन्दा बढी घाइते भएका छन् ।चार वटा मिनी बसमा यात्रा […]

२०८० चैत्र २२ गते, बिहीबार

ताइवानमा ७.७ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । ताइवानको पूर्वी क्षेत्रमा बुधबार बिहान ७.७ रेक्टर स्केलको डरलाग्दो भूकम्प गएको छ। भूकम्पीय घटनाले सम्पूर्ण टापुलाई हल्लाएको थियो । भूकम्पका कारण आइल्याण्डका सम्पूर्ण क्षेत्रमा सुनामीको खतरा रहेको बताइएको छ । बुधबार, अप्रिल ३ मा पूर्वी ताइवानको हुआलिएनमा आंशिक रुपले ढलेको भवनहरु देखिएको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।भूकम्पका कारण भत्केका भवनहरुभित्रै सयौं फसिरहेको […]

२०८० चैत्र २१ गते, बुधबार

एनआरएनएको ११औं महाधिवेशनको निर्वाचन त्रुटिपूर्ण !

काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचन त्रुटिपूर्ण भएको सरकारबाट गठन गरिएको छानबिन समितिले दिएको रिपोर्टमा उल्लेख गरिएको छ । निर्वाचनका क्रममा भेरो अनलाइन भोटिङ सिस्टमको संवेदनशील विवरण नै दुरुपयोग भएको समितिले प्रतिवेदनमा औँल्याएको छ । अनलाइन भोटिङको संवेदनशील विवरण युजर नेम र पासवर्ड निर्वाचन समितिले प्राप्त गरी सङ्घको आइटी टिममार्फत मतदातालाई उपलब्ध गराएको छानबिनका […]

२०८० चैत्र १६ गते, शुक्रबार

मलेसियाले विदेशी कामदारहरुलाई ‘कलिङ भिसा’ जारी नगर्ने

काठमाडौँ । मलेसियाको अध्यागमन विभागले विदेशी कामदारहरुलाई अब कलिङ भिसा जारी नगर्ने भएको छ। क्वोललम्पुरस्थित नेपाली राजदूतावासको अनुसार मार्च ३१ बाट विदेशी कामदारहरुलाई कलिङ भिसा जारी नगर्ने सूचना आएको जानकारी बताइएको छ दूतावासले मलेसियाको उक्त सूचनाका कारण अर्को सूचना नभएसम्मका लागि सुरक्षा क्षेत्र सेक्यूरिटी गार्ड बाहेकका कामदारको भिसा प्रक्रियाका लागि फाइल लिन नसकिने उल्लेख गरेको […]

२०८० चैत्र १४ गते, बुधबार

पाकिस्तानको एयरबेसमा आक्रमण !

काठमाडौँ । पाकिस्तानको सेनाका अनुसार पाकिस्तानको नेभल एयरबेसमा हमला प्रयास भएको छ। यस हमला प्रयासमा कम्तिमा चारजना चरमपन्थी मारिएका छन्। बलुचिस्तान प्रान्तको तुरबतमा नेभल एयरबेसमाथि हमला प्रयासलाई असफल पारिएको हो। सेनाका अनुसार यस आक्रमणका क्रममा एकजना सिपाही नोमान फरिदको मृत्यु भएको छ। घटनामा संलग्न चारजना चरमपन्थी मारिएका छन्।यस आक्रमणको जिम्मेवारी प्रतिबन्धित चरमपन्थी संगठन बीएलएको मजिद […]

२०८० चैत्र १३ गते, मंगलवार

भारतद्वारा प्याज निर्यातमा प्रतिबन्ध

काठमाडौँ । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ। यस अघि भारतले मार्च ३१ सम्म प्याजको निर्यातमा प्रतिबन्ध लगाएकोमा अब यसलाई अनिश्चित कालका लागि लम्बाएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ।भारतीय व्यापारीहरु यसअघि प्याजको निर्यातमा प्रतिबन्ध लगाएपछि स्थानीय मूल्य आधाभन्दा बढी घटेको र यस सिजनको बालीबाट नयाँ आपूर्ति आउन थालेकाले प्रतिबन्ध खुल्ने अनुमान गरेका […]

२०८० चैत्र १३ गते, मंगलवार

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

काठमाडौँ । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप)का नेता अरविन्द केजरीवाल पक्राउ परेका छन् । भारतीय मिडियाका अनुसार उहाँलाई मदिरा अन्तशुल्क घोटाला प्रकरणमा प्रवर्तन निर्देशनालय (ईडी)ले पक्राउ गरेको हो । दिल्ली सरकारले आम आदमी पार्टीमा पैसा जाने गरी मदिरा नीतिमा फेरबदल गरेको आरोप लागेको छ । केजरीवाल पदमै रहँदा पक्राउ पर्ने भारतका […]

२०८० चैत्र ९ गते, शुक्रबार

कोइला खानीमा बिस्फोट : १२ जनाको मृत्यु,आठ जना घाइते

काठमाडौँ । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा रहेको कोइला खानीमा बिस्फोट हुँदा १२ जना मजदुरको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको बताइएको छ । बलुचिस्तानका खानीका प्रमुख निरीक्षक अब्दुल घानी बलोचले प्रान्तको हर्नाई जिल्लाको गुफाभित्र विषाक्त ग्यास जम्मा भएपछि मंगलवार राति बिस्फोट भएको बताए।बिस्फोट हुँदा १२ जना मजदुर खानीमा काम गरिरहेका थिए भने अन्य […]

२०८० चैत्र ८ गते, बिहीबार

अस्ट्रेलियामा आँधी : सात सय जना अलपत्र

काठमाडौँ । अस्ट्रेलियाको सुदूर उत्तरी क्षेत्रमा मङ्गलबार आएको उष्ण कटिबन्धीय चक्रवातका कारण करिब सात सय जना व्यक्ति अलपत्र परेका छन् ।अस्ट्रेलियाली प्रतिरषा बलले बोरोलोलाको सानो उत्तरी क्षेत्र समुदायका बासिन्दालाई बाहिर निकाल्ने प्रयास गरेको तर सोमबार विमान अवतरण गर्ने प्रयासमा खराब मौसमका कारण बाधा पुगेको थियो । सोमबार दिउँसो आएको हावाहुरीका कारण स्थानीयवासीलाई समुदायमा आश्रय लिन […]

२०८० चैत्र ६ गते, मंगलवार

एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन

काठमाडौँ । विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीले एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरेका छन।थाइल्याण्डको राजधानी बैङ्ककमा भएको नेपाली भाषीको भेलाले नेपाली जातिलाई एकतृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरेका हुन् ।विश्वका कम्तीमा २७ देशका नेपालीमूलका सामाजिक अभियन्ताहरूको प्रतिनिधित्व रहेको सोमबारको भेलालाई पहिलो महाधिवेशनको स्वरूप दिएर […]

२०८० चैत्र ६ गते, मंगलवार