बिश्व

आप्रवासी चढेको डुंगा दुर्घटना : ११ जनाको मृत्यु

काठमाडौँ । इटालीको दक्षिणी तटमा आप्राबासीहरु चढेको दुईवटा डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी बेपत्ता भएका छन् । मृत्यु हुनेमा ६ जना बालबालिका रहेका छन् । पहिलो डुंगा इटलीको ल्याम्पेडुसा टापु र अर्को क्यालाब्रियाको तटबाट करिब १ सय २५ माइल नजिकै डुबिरहेको काठको डुंगाबाट ११ जनाको शव फेला परेको […]

२०८१ असार ५ गते, मंगलवार

अमेरिकाको फ्लोरिडामाआपतकाल घोषणा

काठमाडौं । अमेरिकाको फ्लोरिडामा लगातार भारी वर्षा भएपछि आपतकाल घोषणा गरिएको छ। राज्यका गभर्नर रोन डेसेन्टिसले दक्षिण फ्लोरिडाका ब्रोवार्ड, कोलियर, ली, मियामी–डेड र सारासोटासहित केही काउन्टीमा आपतकाल घोषणा गरेका हुन्। मियामीको राष्ट्रिय मौसम सेवाले हल्यान्डेल र हलिउडसहित ब्रोवार्ड र मियामी-डेड काउन्टीका केही भागमा अझै पनि ज्यान लिने बाढीले घर, कम्पनी र सडकहरूलाई असर गरिरहेको बताएको […]

२०८१ असार १ गते, शुक्रबार

जबर्जस्ती विस्थापितको संख्या १२ करोड पुग्यो !

काठमाडौँ । संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सी (यूएनएचसीआर)ले विहीबार प्रकाशित गरेको नयाँ रिपोर्ट अनुसार सन् २०२४ मा जबर्जस्ती विस्थापित हुन बाध्य शरणार्थीहरुको संख्या बढेर १२ करोड पुगेका छन् । यूएनएचसीआरले युद्ध र हिंसाका कारण विस्थापितहरुको संख्या ऐतिहासिक रुपमा वृद्धि भएको र १२ वर्षदेखि लगातार विस्थापित भएकाहरुको संख्या बढिरहेको जनाएको छ । जबरजस्ती विस्थापित भएकाहरुको संख्यामा वृद्धि […]

२०८१ असार १ गते, शुक्रबार

बाइडेनका छोरा हन्टर दोषी ठहर

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन दोषी ठहरिएका छन् । सन् २०१८ मा हन्टर बाइडेनले बन्दुक खरिद गर्दा उनले भरेको फारममा लागूऔषध प्रयोगको बारेमा गलत जानकारी दिएको आरोप लगाएका छन् । जुन अपराधका लागि हन्टर बाइडेन दोषी ठहरिएका छन्, त्यसमा २५ वर्षसम्मको जेल सजाय हुन सक्छ । तर, पहिलो पटक यस प्रकारको […]

२०८१ जेष्ठ ३० गते, बुधबार

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा इजरायल–गाजा युद्धविराम प्रस्ताव पारित

काठमाडौँ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा गाजा क्षेत्रमा युद्धविराम गर्ने अमेरिकाको प्रस्ताव अत्यधिक बहुमतले पारित भएको छ । सुरक्षा परिषदमा रहेका १५ मध्ये १४ सदस्य राष्ट्रले युद्ध विराम गर्ने पक्षमा मतदान गरेका थिए । रुस भने मतदानमा सहभागी भएन ।प्रस्तावमा ‘पूर्ण र पूर्ण युद्धविराम’, हमासद्वारा बन्धकहरूको रिहाई, मृत बन्धकहरूको अवशेष फिर्ता र प्यालेस्टिनी कैदीहरूको आदानप्रदानका […]

२०८१ जेष्ठ २९ गते, मंगलवार

मलावीका उपराष्ट्रपतिसहित १० जना सवार विमान बेपत्ता

काठमाडौँ । पूर्वी अफ्रिकी देश मलावीका सरकारी अधिकारीहरूले उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमान सम्पर्कविहीन भएको बताएका छन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा मलावी डिफेन्स फोर्सको विमान टेक अफपछि राडार बाहिर गएको जनाइएको छ ।बीबीसीका अनुसार विमान मलावीको राजधानी लिलोग्वेबाट सोमबार बिहान उडेको थियो । उक्त विमानमा उपराष्ट्रपतिबाहेक अन्य नौ जना सवार थिए । ५१ […]

२०८१ जेष्ठ २९ गते, मंगलवार

राष्ट्रपति म्याक्रोनद्वारा संसद भंग

काठमाडौँ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले अचानक संसद विघटन गर्ने घोषणा गरेका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले तल्लो सदन नेशनल एसेम्बलीको पहिलो चरणको निर्वाचन जुन ३० र दोस्रो चरणको निर्वाचन जुलाई ७ मा हुने घोषणा गरेका हुन् । दक्षिणपन्थी पार्टीहरूले युरोपियन युनियनको चुनावमा म्याक्रोनको केन्द्रवादी गठबन्धनलाई पराजित गरेपछि म्याक्रोनले अचानक संसद भंग गर्ने […]

२०८१ जेष्ठ २८ गते, सोमबार

इजरायलद्वारा मध्य गाजामा हवाई आक्रमण : २१० प्यालेस्टाइनीको मृत्यु

काठमाडौँ । शनिवार मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा घातक आक्रमण हुँदा २१० जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ । ट्याङ्क र हवाई आक्रमणहरूले शिविरलाई ध्वस्त पारेको बताइएको छ ।आक्रमण्मा परी ४ सय भन्दा बढी घाइते भएका छन् । प्यालेस्टिनी मेडिकल रेकर्डका अनुसार भयानक आक्रमणमा मारिएका अधिकांश पीडितहरू थिए ।मध्य गाजाको देइर अल–बालाहस्थित अल–अक्सा अस्पतालका निर्देशक […]

२०८१ जेष्ठ २७ गते, आईतवार

अमेरिकाद्वारा युक्रेनलाई साढे २२ करोड डलरको सुरक्षा सहायता

काठमाडौँ । अमेरिकाले युक्रेनलाई थप २२ करोड ५० लाख डलरको सुरक्षा सहायताको घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनलेपेरिसमा युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग भएको भेटमा अमेरिका सधैँ युक्रेनसँगै रहेको बताउँदै सो सहयोगको घोषणा गरेका हुन् ।अमेरिकी रक्षा विभागले नयाँ सहायता प्याकेजमा गोलाबारुद र विमान विरोधी मिसाइलहरू समावेश हुने बताएको छ।सुरक्षा प्याकेजमा युक्रेनलाई सबैभन्दा आवश्यक […]

२०८१ जेष्ठ २६ गते, शनिबार

अमेरिकाद्वारा इजरायललाई गाजा युद्धमा पारदर्शी हुन आग्रह

काठमाडौँ । मध्य गाजाको एउटा विद्यलायमा बिहीबार गरिएको आक्रमणमा कम्तिमा ३५ प्यालेस्टाइनी नागरिकको मृत्यु भएपछि अमेरिकाले गाजामा जारी युद्धमा इजरायल पूर्णरुपले पारदर्शी हुनुपर्ने आवश्यकता औंल्याएको छ । संयुक्त राष्ट्रसंघद्धारा संचालित उक्त विद्यलायमा हमास लडाकु समुहले आश्रय लिइरहेको इजरायलको भनाइ छ ।इजारयली लडाकु विमानले हिजो नुसेरात शहरको शरणार्थी शिविरमा रहेको विद्यालयको माथिल्लो तल्लामा रहेको कक्षाकोठालाई निशाना […]

२०८१ जेष्ठ २५ गते, शुक्रबार