बिश्व

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्‌मा ५ अस्थायी सदस्य थपिए

काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभाले डेनमार्क, ग्रिस, पाकिस्तान, पनामा र सोमालियालाई सुरक्षा परिषद्‌को अस्थायी सदस्य चुनेको छ । यी पाँचै देशको कार्यकाल २ वर्षको हुने छ । उनीहरुको कार्यकाल आगामी सन् २०२५ को १ जनवरीबाट सुरु हुने छ । आगामी ३१ डिसेम्बरदेखि इक्वेडर, जापान, माल्टा, मोजाम्बिक र स्वीजरल्याण्डको कार्यकाल समाप्त हुनेछ । उनीहरुको स्थान नवनिर्वाचित […]

२०८१ जेष्ठ २५ गते, शुक्रबार

इजरायलद्वारा गाजामा पुन: आक्रमण

काठमाडौँ । इजरायलले पछिल्लो पटक बुरेज शरणार्थी शिविरको पूर्वी इलाका र मध्य गाजाको डेर अल–बलाह सहरमा आक्रमण शुरु गरेको छ । बुधबार बिहान शुरु भएको आक्रमणमा कयौँ मानिस मारिएको बताइएको छ।हवाइ तथा स्थगलगत आक्रमणमा ७० जनाभन्दा बढी मानिस मारिएको एक गैरसरकारी संस्था साइन्स फ्रन्टियर्सले बताएको छ। मारिनेमा अधिकांश महिला र बालबालिका छन्। अमेरिकाले मंगलबार मात्रै […]

२०८१ जेष्ठ २४ गते, बिहीबार

दक्षिण कोरियाद्वारा उत्तर कोरियासँगको शान्ति सम्झौता स्थगित

काठमाडौँ । दक्षिण कोरियाले उत्तर कोरियासँगको शान्ति सम्झौता स्थगित गरेको घोषणा गरेको छ। दक्षिण कोरियाले फोहोरले भरिएको बेलुन उडाएको भन्दै उत्तर कोरियासँगको शान्ति सम्झौता स्थगित गरेको घोषणा गरेको छ ।यद्यपी उत्तर कोरियाले आफ्नो बेलुन उडान गतिविधि बन्द गर्ने बताएको छ । दक्षिण कोरियामा पछिल्लो समय पर्चा वितरण गर्ने जनताको अभियानबाट आक्रोशित उत्तर कोरियाले केही दिनयता […]

२०८१ जेष्ठ २३ गते, बुधबार

श्रीलंकामा बाढी र पहिरो : १४ जनाको मृत्यु

काठमाडौँ । श्रीलंकामा मनसुनी आँधीबेहरी सहित आएको बाढी र पहिरोका कारण १४ जनाको मृत्यु भएको छ । श्रीलंकाको प्रकोप व्यवस्थापन केन्द्र (डिएमसी) का अनुसार राजधानी कोलम्बोनजिकै एकै परिवारका तीन सदस्यसहित केहीको डुबेर मृत्यु भएको हो ।मे महिनाको शुरुदेखि नै मनसुनी वर्षा हुँदा प्रभावित भएको श्रीलंकाका विभिन्न शहरहरु बाढीको डुबानमा परेका छन् । बाढीका कारण हजारौै […]

२०८१ जेष्ठ २१ गते, सोमबार

गाजाको रफाह नाका खोल्ने विषयमा छलफल हुँदै

काठमाडौँ । गाजाको रफाह सीमा क्षेत्रमा आवागमन खोल्ने विषयमा छलफल गर्न आज तीन मुलुकबीच छलफल हुँदैछ। इजिप्टको कायरोमा बस्ने बैठकमा इजिप्ट, इजरायल र संयुक्त राज्य अमेरिकाका अधिकारीहरूबीच गाजाको रफाह सीमा क्षेत्रमा आवागमन खोल्ने विषयमा छलफल हुने बताइएको छ।इजिप्टको अल–काहेरा टिभीले तीनै देशका अधिकारीहरूलाई उद्धृत गर्दै गाजाको रफाह सीमा क्षेत्रमा आवागमन खोल्ने विषयमा छलफल हुने जनाएको […]

२०८१ जेष्ठ २० गते, आईतवार

हुथी समुहद्वारा अमेरिकी जहाजमा आक्रमण

काठमाडौँ । यमनमा अमेरिका र बेलायतले हालै गरेको घातक आक्रमणको जवाफमा हुथी समुहले लाल सागरमा संयुक्त राज्य अमेरिकाको जहाजमा मिसाइल आक्रमण गरेका छन् । यमनको होदेइदाह प्रान्तमा अमेरिका र बेलायतको संयुक्त आक्रमणमा कम्तिमा १६ जनाको मृत्यु भएको समूहको दाबीपछि हुथी सैन्य प्रवक्ता याह्या सारीले शुक्रबार आइसेनहावर जहाजमा आक्रमणको घोषणा गरेका थिए ।हुथी नियन्त्रित च्यानल अल […]

२०८१ जेष्ठ १९ गते, शनिबार

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प जेल पर्ने सम्भावना

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आपराधिक मुद्दामा झूटो व्यापारिक अभिलेख राख्ने सबै ३४ वटै मुद्दामा दोषी ठहर गरिएको छ । अमेरिकाको इतिहासमै बहालवाला वा पूर्व राष्ट्रपतिलाई अपराधको सजाय सुनाइएको पहिलोपटक हो । आगामी जुलाई ११ मा पूर्वराष्ट्रपति ट्रम्पलाई सजाय निर्धारण गरिनेछ । ट्रम्प जेल जान सक्ने सम्भावना रहेको बताइएको छ ।कानुनी विज्ञहरुले ट्रम्पलाई […]

२०८१ जेष्ठ १८ गते, शुक्रबार

सन् २०२४ मा विश्व बेरोजगारी घट्ने

काठमाडौँ । राष्ट्रसङ्घीय एजेन्सीले यस वर्ष विश्वव्यापी बेरोजगारी थोरै घट्ने जनाएको छ । यद्यपि एजेन्सीले असमानतालाई सम्बोधन गर्न ‘ढिलो प्रगति’ को चेतावनी दिँदै वृद्धिको अघिल्लो भविष्यवाणीलाई उल्ट्याएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले सन् २०२४ मा विश्वव्यापी बेरोजगारी दर चार दशमलव नौ प्रतिशत हुने अनुमान गरेको छ । यो सन् २०२३ मा पाँच प्रतिशतबाट […]

२०८१ जेष्ठ १७ गते, बिहीबार

अमेरिकामा आँधी: १५ जनाको मृत्यु

काठमाडौँ । अमेरिकामा तेज गतिमा आएको आँधीका कारण १५ जनाको मृत्यु भएको छ । आँधीले सयौं घरहरु ध्वस्त हुनुका साथै बिजुली आपुर्ति बन्द भएको छ ।अमेरिकाको टेक्सासमा ७, अर्कान्सासमा ५, ओक्लाहोमामा २ र केन्टकीमा १ जना गरी १५ जनाको मृत्यु भएको हो । सबै राज्यमा गरी सय जनाभन्दा बढी घाइते भएका छन् ।घरका छानाहरु उडाउनुका […]

२०८१ जेष्ठ १४ गते, सोमबार

प्रधानमन्त्री सुनकद्वारा संसद विघटन

काठमाडौँ । बेलायती प्रधानमन्त्री ऋषि सुनकले संसद भंग गर्ने सिफारिस राजाले स्वीकृत गरेको बताउँदै आगामी जुलाई ४ मा आमनिर्वाचनको घोषणा गरेका छन् । बेलायतको सत्तारुढ कन्जरभेटिभ्स पार्टीका सांसदहरूले प्रधानमन्त्री सुनकलाई हटाउन खोजेपछि उनले निर्वाचनको घोषणा गरेको जनाएको छ। संसदको पहिलो बैठक बसेको पाँचौं वर्ष पूरा भएपछि मात्र संसद विघटन हुनुपर्ने व्यवस्था छ। यदि तोकिएको प्रक्रिया […]

२०८१ जेष्ठ १० गते, बिहीबार