बिश्व

सिंगापुरका प्रधामन्त्री लरेन्स वोङले कार्यभार सम्हाले

काठमाडौँ । लरेन्स वोङले सिंगापुरको प्रधानमन्त्रीका रूपमा शपथ लिएका छन् । ७२ वर्षीय ली सिन लुङले करिब २० वर्षपछि पद छाडेपछि लुङले प्रधानमन्त्रीको कार्यभार सम्हालेका हुन् । बुधबार एक विशेष समारोहबीच प्रधानमन्त्री लुङ र मन्त्रिपरिषद्का सदस्यहरूले शपथ लिएका हुन् । उनलाई प्रधानन्यायाधीश सुन्दरेश मेननले शपथ दिलाएका थिए । शपथ ग्रहण समारोहमा थर्मन शनमुगरत्नमसमेत उपस्थित थिए […]

२०८१ जेष्ठ ३ गते, बिहीबार

रुस–युक्रेन युद्धमा २ हजार बालबालिकाको मृत्यु

काठमाडौँ । युरोप र मध्य एसियाका लागि युनिसेफको क्षेत्रीय कार्यालयले सन् २०२२ को फेब्रुअरीदेखि रुस–युक्रेन युद्धमा अहिलेसम्म १ हजार ९९३ जना बालबालिकाको मृत्यु भएको जानकारी दिएको छ । युनिसेफका अनुसार रुस–युक्रेन युद्धमा हरेक दिन औसत दुई बालबालिका हिंसाको सिकार भएका छन् । युक्रेनका धेरै भागहरूमा अझै पनि आक्रमणहरू जारी छन्, जसले बालबालिकाको मानसिक स्वास्थ्यमा गहिरो […]

२०८१ जेष्ठ २ गते, बुधबार

इजरायलद्वारा उत्तरी गाजामा बमबारी

काठमाडौँ । इजरायली सेनाले उत्तरी गाजाको जबालिया र दक्षिणी रफाहमा निरन्तर बमबारी गरिरहेको छ। बमबारीमा परि पछिल्लो २४ घण्टामा मात्रै कम्तीमा ८२ प्यालेस्टिनीको मृत्यु भएको अलजजिराले जनाएको छ। यो पछिल्लो हप्तामा एकै दिनमा सबैभन्दा धेरै हवाइ आक्रमणमा मृत्यु हुनेको संख्या हो। इजरायली सेनाले नयाँ आक्रमण शुरु गरेपछि ४ लाख ५० हजार भन्दा बढी प्यालेस्टिनी रफाह […]

२०८१ जेष्ठ २ गते, बुधबार

इजरायलद्वारा रफाह क्षेत्र छोड्न सर्वसाधारणलाई उर्दी

काठमाडौँ । इजरायलले दक्षिणी गाजामा सैन्य कारबाहीलाई तीव्र पार्दै हजारौं प्यालेस्टाइनीहरूलाई रफाह छोड्न उर्दी जारी गरेको छ । इजरायली सेनाले इजरायलले रफाहको पूर्वी जिल्लाका बासिन्दाहरूलाई समुद्री किनार नजिकैको साँघुरो पट्टी अल–मावासीलाई मानवीय क्षेत्र घोषणा गर्दै सो क्षेत्रमा जान अपील गरेको हो । तर संयुक्त राष्ट्रसंघीय निकायले सो क्षेत्रमा पिउने पानीको सुविधा तथा सरसफाइको व्यवस्था नभएकाले […]

२०८१ बैशाख ३० गते, आईतवार

कुवेतका अमिरद्वारा संसद भंग, संविधान निलम्बन

काठमाडौँ । कुवेती अमीर शेख मिशाल अल अहमद अल सबाले संसद भंग गरेका छन् । उनले शुक्रबार साँझ टेलिभिजन सम्बोधन गर्दै संसद भंग गरिएको घोषणा गर्दै भने- ‘म राज्यलाई कमजोर बनाउने र लोकतन्त्रको दुरुपयोग गर्ने अनुमति दिँन्न, उनले टेलिभिजन सम्बोधनमा भने, ‘देश बचाउनका लागि एउटा कठोर निर्णयको आवश्यकता छ, जुन मैले लिने निर्णय गरेको छु […]

२०८१ बैशाख २९ गते, शनिबार

रुसद्वारा युक्रेनको थप दुई गाउँ कब्जा

काठमाडौँ । रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको र जसमा खार्किभ क्षेत्र पनि समावेश भएको बताएको छ । किएभले पश्चिमी सहयोगको महत्त्वपूर्ण आपूर्तिको प्रतीक्षा गरिरहेका बेला रुसले युद्ध मैदानमा आफ्नो जनशक्ति र हतियारको फाइदाका कारण दबाब बढाएको छ । रुसी रक्षा मन्त्रालयले उसको सेनाले ‘खार्किभ क्षेत्रमा किस्लिभ्का गाउँ’ र ‘डोनेट्स्क पिपुल्स रिपब्लिकमा नोभोकालिनोभ’ […]

२०८१ बैशाख २७ गते, बिहीबार

इजरायलद्वारा गाजाको रफामा आक्रमण

काठमाडौँ । इजरायलले हमाससँगको शान्तिवार्ता भंग भएपछि गाजा क्षेत्रको रफामा हवाई हमला सुरु गरेको छ । इजरायली सेनाले सोमबार आक्रमण सुरु गर्नुअघि प्यालेस्टिनीहरुलाई रफा छाड्न भनेको थियो । रफाका वस्तीमा विष्फोटका आवाज सुनिएका छन् । धुवाँको मुस्लो आकासमा उडेको पनि देखिन्छ । त्यसपछि ठूलो संख्यामा प्यालेस्टिनीहरु र घरबार छाडेर हिँडेको देखिएको छ । उनीहरु बालबच्चा, […]

२०८१ बैशाख २५ गते, मंगलवार

ब्राजिलमा बाढी: ७५ जनाको मृत्यु , १०३ जना बेपत्ता

काठमाडौँ । ब्राजिलमा शनिबारदेखि भइरहेको भारी वर्षापछि आएको बाढीमा परी कम्तीमा ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् भने १०३ जना अझै पनि सम्पर्कविहीन रहेको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् । बाढीमा परेर कम्तिमा १ सय ५५ जना घाइते भएका छन् भने ८८ हजार जना भन्दा बढी घरबारविहीन हुन पुगेका छन्। अत्यधिक वर्षापछिको बाढीका कारण […]

२०८१ बैशाख २४ गते, सोमबार

इजरायलद्वारा अल जजिरा नेटवर्कमाथि प्रतिबन्ध

काठमाडौँ । इजरायली मन्त्रिपरिषद्को बैठकले अल जजिरा नेटवर्कमाथि प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको छ । गत महिना, इजरायलको संसदले विदेशी टिभी नेटवर्कहरू बन्द गर्ने अधिकार दिएसंगै बैठकले अल जजिरा नेटवर्कमाथि प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको हो ।इजरायली सरकारले लामो समयदेखि अल जजिरा च्यानललाई इजरायलविरुद्ध समाचार सम्प्रेषण गरी पक्षपात गरेको आरोप लगाउँदै आएको थियो । अल […]

२०८१ बैशाख २४ गते, सोमबार

हुथी विद्रोहीद्वारा इजरायलका जहाजमा आक्रमण गर्ने चेतावनी

काठमाडौँ । यमनको हुथी सैन्य प्रवक्ता याह्या सारियाले भूमध्यसागर पार गर्ने सबै इजरायली–सम्बन्धित व्यावसायिक जहाजहरूमा आफ्नो ब्यालिस्टिक मिसाइल आक्रमण गर्ने चेतावनी दिएको छ। प्रवक्ता सारियाले भूमध्यसागरमा इजरायलतर्फ जाने वा सम्पर्क राख्ने सबै जहाजहरू आफूहरुको आक्रमणको निशाना हुने र इजरायलले दक्षिणी गाजामा रफाहविरुद्ध आक्रामक सैन्य कारबाही सुरू गरे हुथीहरूले इजरायली बन्दरगाहहरूसँग सम्झौता गर्ने सबै जहाजहरू र […]

२०८१ बैशाख २३ गते, आईतवार