मार्क्सवादी कवि मुक्तान थेबाको ‘मासिन्या’ सार्वजनिक

काठमाडौं । मार्क्सवादी कवि एवं अखिल नेपाल लेखक संघ केन्द्रीय सचिव मुक्तान थेबाको कविताकृति मासिन्या सार्वजनिक गरिएको छ । काठमाडौमा रहेर माक्र्सवादी कविताको क्षेत्रमा शसक्त कलम चलाउदै आएका थेबाकृत कविता संग्रह मासिन्या एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो । काठमाडौं खुसिबुमा भएको कार्यक्रममा तामाङ संस्कृतिअनुसार ‘ठोङ्सेङ’ गरेर कृतिको विमोचन गरिएको थियो। त्यसअघि ताम्बाहरूले स्वागत गरेका थिए।पुस्तकको विमोचन तामाङ अग्रजहरु रत्नमान तामाङ र असली स्याङताङले गरेका थिए। विमोचन कार्यक्रमपछि ‘मासिन्या बहस’ भएको थियो।मासिन्या बहसमा डा। मुक्तसिंह तामाङ, उज्ज्वल प्रसाईं र प्रणिका कोयूले पुस्तकबारे बोलेका थिए। वक्ताहरूले मुक्तानका कवितामा उत्पीडित वर्गको आवाज आएको बताएका थिए।कवितामा सांस्कृतिक बिम्ब र पहिचानको खोजी भएको वक्ताहरूले बताएका थिए। बहसको सहजकर्ताको भूमिकामा गुरुङ सुशान्त थिए।उक्त पुस्तक थेबाला पब्लिकेशन्सले प्रकाशित गरेको हो।