नेप्से १९.२७ अकंले बढ्यो
काठमाडौँ । नेप्से १९.२७ अकंले बढेर २६७४.२० बिन्दुमा कायम भएको छ । आज ३४१ कम्पनीको १ करोड ३१ लाख ९३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६४ करोडको कारोबार भएको हो । आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सालपा विकास बैंक र रिलायन्स मिल्सको शेयरमा सकारात्मक सर्किट लागेको हो । साथै, बराही हाइड्रोपावरको ६.७४ प्रतिशत,एनआईबिएल ग्रोथ फण्डको ६ प्रतिशत र गुडविल फाइनान्सको ३.६३ प्रतिशतले शेयर मूल्य बढेको हो ।
