Main Banner

नेकपासहित ४ कम्युनिस्ट पार्टीद्वारा पक्राउ पूर्जीबिरुद्ध संघर्षको शंखघोष : भाद्र ७ गते नेपाल बन्द

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायतका नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको बिरोध गर्दै संघर्षको शंखघोष गरेका छन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल ,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती , नेकपा(माओवादी समाजवादी ) का अध्यक्ष कर्णजित बुढाथोकी‘शुसिल’ले शुक्रबार साँझ एक […]

२०७९ श्रावण २७ गते, शुक्रबार

युवा संगठन नेपाल, दाङको अध्यक्षमा सेर्पाइली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल, दाङको प्रथम जिल्ला भेलाले सुदर्शन सेर्पाइलीको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।। जसको उपाध्यक्षमा दिपेन्द्र वली, सचिवमा पदम चन्द, सह–सचिवमा सपनशिला चयन भएका छन् । त्यस्तै सदस्यहरूमा धर्मराज भण्डारी, सोमबहादुर थापा, लव जैशी, पवन भारती, राकेश विक, राकेश पुन, क्षितिज बुढा, नरेश चन्द, गणेश […]

२०७९ श्रावण २६ गते, बिहीबार

तीन बुँदे सहमति कार्यान्वयन नभए जनसंघर्षमार्फत प्रतिवाद !

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयन नभए जनसंघर्षमार्फत प्रतिवाद गर्ने निर्णय लिएको बताइएको छ । सो पार्टीको केन्द्रीय सम्पर्क कार्यालय कपिलवस्तुमा यही साउन २२ गतेदेखि २४ गतेसम्म बसेको बिशेष बैठकले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरे संघर्षको बाटो अपनाउने निर्णय गरेको हो । उक्त बिशेष बैठकमा नेकपाले तीन बुँदे सहमति इमान्दारीपूर्वक लागू […]

२०७९ श्रावण २५ गते, बुधबार

तीन बुँदे सहमतिको उल्लंघन : देशलाई द्वन्द्वतिर धकेल्ने षड्यन्त्र

सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको डेढ बर्ष पुगेको छ । २०७७ फागुन २१ गते दिनको २ बजे विशेष समारोह गरी सार्वजनिक गरिएको उक्त तीन बुँदे सहमतिमा सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दी रिहाइ र मुद्दा खारेज गर्ने र नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, […]

२०७९ श्रावण २४ गते, मंगलवार

राज्य आतंकको बलमा चुनाव गराउने संसदीय शैली

आगामी मंसिरमा संसदको निर्वाचन गराउने प्रचार गरिए पनि यो सरकारले तोकिएकै मितिमा स्वतन्त्र र निष्पक्ष ढंगले निर्वाचन गराउला भन्ने कुनै सुनिश्चितता छैन । किनकि सत्तारुढ दलका कतिपय नेताहरुले आगामी फागुनमा मात्र निर्वाचन गराउने प्रशंग उठाएका छन्् भने सरकार असन्तुष्ट दलहरुलाई समेत सहमतिमा ल्याएर शान्तिपूर्ण ढंगले होइन, राज्य आतंक सिर्जना गरेर त्यसैको बलमा तथाकथित निर्वाचन गराउने […]

२०७९ श्रावण २४ गते, मंगलवार

नेकपा केन्द्रीय समितिको बिशेष बैठक सुरु

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बिशेष बैठक सुरु भएको छ। सो पार्टीको कपिलवस्तु शिवगढीस्थित पार्टीको केन्द्रीय सम्पर्क कार्यालयमा आइतबारवाट केन्द्रीय समितिको बिशेष बैठक सुरु भएको हो । उक्त बैठकमा असोज १ गतेबाट काठमाण्डौंमा हुने पार्टीको ९ औं महाधिवेशनको तयारी, एमसीसी, एसपीपी, आगामी मंसिर ४ देशमा हुन गैरहेको प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन र […]

२०७९ श्रावण २३ गते, सोमबार

देउवा सरकार द्वन्द्व भडकाउँदै , साम्राज्यवादको चाकरी गर्दै

सरकारको एउटा अङ्गको रुपमा रहेको न्यायलयको ललितपुर जिल्ला अदालतले साउन ६ गते नेकपाका महासचिव विप्लवसहित नेता/कार्यकर्ताहरु विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ र सो पक्राउ पूर्जी साउन १६ गते सार्वजानिक भएपछि शान्ति, राजनितीक स्थिरता र ओली सरकारसँग भएको ३ वुँदे सहमतिप्रति नै प्रश्न उठेको छ । देउवा सरकार पूर्व सरकारको अविछिन्न उत्तराधिकार संस्था हो कि […]

२०७९ श्रावण २२ गते, आईतवार

३ बुँदे सहमति, चुनौती र एकीकृत जनक्रान्ति

नेपाल कम्युनिस्ट पार्टीका शीर्षस्थ नेतृत्व, कार्यकर्ता र समर्थक जनताका विरुद्धमा जिल्ला अदालत ललितपुरले तीन बुँदे सहमतिलाई लत्याएर कथित पक्राउ पुर्जी जारी गरेको छ । साउन ६ गते जारी गरेर उक्त पुर्जी साउनको १६ गते सार्वजनिक गर्यो । यो मूलतः शान्तिप्रक्रियालाई भाँड्न र देशलाई द्वन्द्वतिर धकेल्ने षड्यन्त्रकारी उद्देश्यमा आएको विश्लेषणहरु भइरहेका छन् । कानुनी तर्कहरुले छोपेर […]

२०७९ श्रावण २२ गते, आईतवार

गठबन्धन सरकारको पक्राउ पुर्जी : ‘नाङ्लो ठटाएर हात्ती तर्साउने’ हर्कत

देउवा नतृेृत्वको गठबन्धन सरकारले साउन १६ गते नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डसहित नेताहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उक्त पक्राउ पुर्जी सामान्य अदालती प्रकृया मात्र नभएर जनमनमा ‘वारेन्ट बम’ कै रुपमा विष्फोट भएको छ । नेकपा र सो दलसमेत रहेको रणनीतिक संयुक्त मोर्चाको त्यो घटना र प्रवृत्तिको विषयमा १६ गते नै प्रतिकृया जाहेर […]

२०७९ श्रावण २१ गते, शनिबार

नेकपाका महासचिव विप्लवद्धारा लोकपालप्रति श्रद्धाञ्जली व्यक्त

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाल कम्युनिष्ट पार्टीका विशेष कमिटी सदस्य, सल्यान जिल्ला समितिका पुर्व इन्चार्ज तथा सल्यानका लोकप्रिय नेता महेन्द्र के.सी.’लोकपाल’को असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकमग्न सम्पूर्ण परिवार र आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन ।महासचिव विप्लवद्वारा जारी शोक विज्ञप्तिमा भनिएको छ -‘हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीका विशेष कमिटि सदस्य, […]

२०७९ श्रावण २१ गते, शनिबार