Main Banner

‘जनयुद्धको रक्षा गर्ने पार्टी ज्यूदै छ , षड्यन्त्रका सपना नदेखे हुन्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले जनयुद्धको रक्षा गर्ने पार्टी ज्यूदै भएको बताउदै षड्यन्त्रका सपना नदेख्न चेतावनी दिएका छन । शुक्रबार रोल्पाको थवाङमा १० औं पार्टी पूनर्गठन दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले सो चेतावनी दिएका हुन्।उक्त जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले भने -‘ पछिल्लो समय देशमा केही लुटेराहरु […]

२०८० मंसिर ८ गते, शुक्रबार

विश्वक्रान्तिको सेवा गर्ने महान अभिलाषा

पार्टी एउटा सजीव र गतिशिल सँस्था हुनुका कारण यो गठन, पूनर्गठन ,विघटन र संगठनको निरन्तर प्रक्रियावाट अगाडी वढिरहेको हुन्छ । त्यसमा पनि कम्युनिष्ट पार्टी वर्गसँघर्ष र सशस्त्र सँघर्षको हिमायति हुनुका कारण यो नियम अझ वढि सघन रुपमा लागु भैरहेको हुन्छ । किनकि वर्गसँघर्ष र सशस्त्र संघर्षले पार्टीको आन्तरिक जीवन र वाहय अर्थात सामाजिक जीवनमा निरन्तर […]

२०८० मंसिर ८ गते, शुक्रबार

नेकपाद्वारा पुराना कम्युनिस्ट नेतालाई सम्मान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले १० औ पार्टी पूनर्गठन दिवसको अवसरमा देशब्यापीरुपमा पुराना कम्युनिस्ट नेताहरुलाई सम्मान गरेको छ । यसैक्रममा नेकपा काठमाडौं जिल्ला नम्बर १ ले पुराना कम्युनिस्ट नेताहरुलाई सम्मान गरेको छ । बिहीबार काठमाडौंको रानीवारीस्थित पार्टी व्युरो कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पुराना कम्युनिस्ट नेता प्रशुराम घिमिरेलाई सम्मान गरिएको हो । नेकपा पोलिटब्युरो सदस्य […]

२०८० मंसिर ८ गते, शुक्रबार

आज नेकपा पूनर्गठन दिवस : देशव्यापीरुपमा बिभिन्न कार्यक्रम गरी मनाईदै

काठमाडौँ । आज मंसिर ८ गते नेपाल कम्युनिष्ट पार्टीको पूनर्गगठन दिवस । नेपाल कम्युनिष्ट पार्टीले पूनर्गठन दिवसका अवसरमा आज देशभर विचार गोष्ठी,अन्तरक्रिया,जनसभा,दिपावली लगायतका विभिन्न कार्यक्रम गरी मनाउदैछ । सो पार्टीले आज पार्टी पूनर्गठन दिवसको अवसरमा देशव्यापीरुपमा विचार गोष्ठी,अन्तरक्रिया,जनसभा गर्ने र साँझ दिपावली गरी उत्सवका रुपमा मनाउन लागेको छ भने नेकपाका नेता कार्यकर्ताहरु आपसमा खुसी साँटा […]

२०८० मंसिर ८ गते, शुक्रबार

नेपाल दक्षिण एशियाको युक्रेन बन्ने खतरा (भिडियोसहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपाल दक्षिण एशियाको युक्रेन बन्ने खतरा रहेको बताएका छन् । नेकपा मध्यकर्णाली ब्यूरोले बुधवार कालिकोटको सदरमुकाम मान्ममाआयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।प्रवक्ता प्रकाण्ड सी ले देशका राजनीतिक पार्टी,परिवर्तनकारी क्रान्तिकारी शक्ति,देशभक्त शक्तिहरुले समयमा विचार गर्ने होईन भने नेपाल दक्षिण एशियाको युक्रेन बन्ने चेताबनी […]

२०८० मंसिर ७ गते, बिहीबार

‘देश र जनताको रक्षा समाजवादले मात्र गर्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले देश र जनताको रक्षा समाजवादले मात्र गर्न सक्ने ठोकुवा गरेका छन्। नेकपा मध्यकर्णाली ब्यूरोले बुधवार कालिकोटको सदरमुकाम मान्ममा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।जनसभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले देश र जनताको रक्षा गर्न समाजवाद मात्र निर्विकल्प कार्यक्रम भएको बताउदै अहिले देशमा आएको […]

२०८० मंसिर ७ गते, बिहीबार

जनतालाई बिश्वास दिलाउन सफल गीत ‘साम्यवाद’

आज साम्यवाद गीतको सार्वजनिकीकरण भएको छ । यस महत्वपुर्ण कार्यक्रममा उपस्थित सम्पूर्ण कलाप्रेमी मित्रहरु, कलाकार मित्रहरु सवैलाई हार्दिक अभिवादन नमस्कार । माफ गर्नुस, यो मेरो शुभकामना मन्तव्य हुन्छ समिक्षा भन्दा पनि । यसमा आफुलाई लागेका २, ४ ओटा कुराहरु राख्न चाहन्छु । गीतकार प्रकाण्ड सी, सङ्गीतकार, गायक स्वयम् गीतकार चिरन सी र यसमा स्वर दिनुहुने […]

२०८० मंसिर ६ गते, बुधबार

नेकपाका महासचिव विप्लव सीद्वारा जाजरकोटका भूकम्प पीडितले पठाएको ज्ञापन–पत्र प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी मार्फत जाजरकोट नगरगाड –१ च्यूरी र पालीगाँउका जनताले प्रधानमन्त्री प्रचण्डलाई पठाएको ज्ञापन–पत्र महासचिव विप्लव सी ले आज विहान प्रधानमन्त्री प्रचण्डलार्ई हस्तान्तरण गरेका छन् । आज विहान प्रधानमन्त्री प्रचण्ड र महासचिव विप्लव सीबीच बालुवाटारमा भएको भेटवार्ताका क्रममा जाजरकोटका भूकम्प पीडित जनताको पठाएको ज्ञापन–पत्र महासचिव विप्लव सीले प्रधानमन्त्री प्रचण्डलाई […]

२०८० मंसिर ३ गते, आईतवार

क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्यसहित सयौं नेता कार्यकर्ता नेकपामा प्रवेश

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य कान्छाराम तामाङसहित १ भन्दा बढी नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । शनिबार नेकपाद्वारा काठमाडौंमा आयोजित क्रान्तिकारी कम्युनिस्टहरूकाे ध्रुवीकरण तथा एकीकरण कार्यक्रममा उनीहरु नेकपामा समाहित भएका हुन् ।नेकपा महासचिव विप्लव सी ले उनीहरुलाई माला र अविरले सम्मान गर्दै पार्टीमा समाहित गरेका हुन् । कार्यक्रममा नेपाली कम्युनिस्ट आन्दोलनमा समर्पित […]

२०८० मंसिर ३ गते, आईतवार

नेपाली जनताको चाहना समाजवाद

 काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले नेपाली जनताको चाहना समाजवाद भएको ठोकुवा गरेका छन।  शनिबार काठमाडौंमा आयोजित क्रान्तिकारी कम्युनिस्टहरुको धु्रविकरण तथा एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो ठोकुवा गरेका हुन् ।  उनले कम्युनिष्टहरुलाई एकताबद्ध गरेर समाजवादको यात्र गर्ने योजना रहेको बताए  । महासचिव विप्लव सी ले   नेपाली जनताको चाहना समाजवादमा जाने […]

२०८० मंसिर २ गते, शनिबार