बिश्व

इजरायलद्वारा दक्षिण लेबनानका मुख्य पुलहरू ध्वस्त

काठमाडौँ । इजरायलले हवाई आक्रमण गरि दक्षिण लेबनानी शहर, आवासीय क्षेत्र र मुख्य पुलहरू ध्वस्त बनाएको छ। लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीकाअनुसार दक्षिण लेबनानका विभिन्न क्षेत्रमा भएका इजरायली आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्। टायर जिल्लाको चेहाबिये गाउँमा भएको इजरायली हवाई आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै चार […]

२०८२ चैत्र ११ गते, बुधबार

कोलम्बियामा वायुसेनाको विमान दुर्घटना :६६ जनाको मृत्यु

काठमाडौँ । कोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तिमा पनि ६६ जनाको मृत्यु भएको छ । अधिकारीहरूले देशको दक्षिणी क्षेत्रमा उडान भरेको केही समयमै वायु सेनाको विमान दुर्घटनाग्रस्त भएको बताएका छन् । बीबीसीले अधिकारीहरूको अवाला दिँदै दुर्घटनामा कम्तिमा पनि ६६ जनाको मृत्यु भएको र दर्जनौं मानिसहरू घाइते भएका समाचारमा उल्लेख गरेको छ ।वायु सेनाका कमान्डर कार्लोस […]

२०८२ चैत्र १० गते, मंगलवार

‘मध्यपूर्वमा गम्भीर ऊर्जा संकट हुन सक्छ’

काठमाडौँ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका कार्यकारी निर्देशक फातिह बिरोलले मध्यपूर्वको वर्तमान अवस्था अत्यन्त गम्भीर रहेको चेतावनी दिएका छन्। उनले यो संकट १९७० दशकका दुई ठूला ऊर्जा संकटभन्दा पनि खराब हुन सक्ने बताएका छन्। अष्ट्रेलियाको नेशनल प्रेस क्लबमा सम्बोधन गर्दै बाय्रोलले जारी संकटको मुख्य समाधानका लागि स्ट्रेट अफ हर्मुज पुनः खोल्नुपर्ने बताए। अमेरिकी–इजरायली आक्रमणपछि इरानले उक्त […]

२०८२ चैत्र ९ गते, सोमबार

इरानद्वारा हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी

काठमाडौँ । अमेरिका र इजरायलसँगको द्वन्द्व चौथो हप्तामा प्रवेश गरेसँगै इरानले विश्वकै महत्वपूर्ण व्यापारिक मार्ग मानिने हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएको छ। इरानी सशस्त्र बलको मुख्यालयले यदि अमेरिकाले इरानको ऊर्जा सुविधाहरूमा बमबारी गरेमा प्रतिशोधस्वरुप जलसन्धि बन्द गर्ने चेतावनी दिएको हो।इरानी संसदका सभामुख मोहम्मद बाकर कालीबाफले अमेरिकालाई चेतावनी दिँदै यदि इरानको ऊर्जा पूर्वाधारमा […]

२०८२ चैत्र ९ गते, सोमबार

इरानद्वारा इजरायलमाथि भीषण मिसाइल हमला

काठमाडौँ । इरानले इजरायलमाथि भीषण मिसाइल हमला गरेको छ। आइतबार बिहानैदेखि मध्य इजरायललाई लक्षित गरी गरिएको आक्रमणमा परेर कम्तीमा १५० जना घाइते भएको इजरायली सेनाले जनाएको छ। आक्रमणका क्रममा ठूला भवनहरूमा क्षति पुगेको छ भने ऊर्जा केन्द्रहरूलाई लक्षित गरी मिसाइल प्रहार गरिएको बताइएको छ। अल जजिराका अनुसार इजरायलका विभिन्न स्थानमा ठूला विस्फोटका आवाज सुनिएका छन्। […]

२०८२ चैत्र ८ गते, आईतवार

अष्ट्रेलियाको बेरोजगारी दर ४.३ प्रतिशत पुग्यो

काठमाडौँ । अष्ट्रेलियाको बेरोजगारी दर बढेर ४.३ प्रतिशत पुगेको छ। अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सलेसार्वजनिक गरेको विवरणअनुसार जनवरीमा ४.१ प्रतिशत रहेको आधिकारिक बेरोजगारी दर फेब्रुअरीमा बढेर ४.३ प्रतिशत पुगेको हो। जनवरी र फेब्रुअरीको बीचमा रोजगार प्राप्त अष्ट्रेलियालीहरूको संख्या ४८ हजार ९ सयले बढेको छ। यद्यपि, सोही अवधिमा बेरोजगार अष्ट्रेलियालीहरूको संख्यामा ३५ हजार (अर्थात ५.६ प्रतिशत)ले वृद्धि […]

२०८२ चैत्र ८ गते, आईतवार

ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’ खोल्न इरानलाई ४८ घण्टाको अल्टिमेटम

काठमाडौँ । अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै महत्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ खोल्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका छन्। ट्रम्पले आइतबार बिहान आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘यदि इरानले ४८ घण्टाभित्र ‘स्ट्रेट अफ होर्मुज’ खोलेन भने अमेरिकाले इरानका पावर प्लान्टमा आक्रमण गरी ध्वस्त पारिनेछ र आक्रमण सबैभन्दा ठूलो प्लान्टबाट सुरु गरिनेछ।’इरानले शनिबार […]

२०८२ चैत्र ८ गते, आईतवार

अमेरिकाद्वारा इरानमा स्थल सेना परिचालनका लागि व्यापक सैन्य तयारी

काठमाडौँ । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले इरानमा सम्भावित स्थल सेना परिचालनका लागि व्यापक रणनीतिहरू तयार पारेको छ । विभिन्न स्रोतहरूलाई उद्धृत गर्दै सीबीएस न्यूजले जनाए अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलबीचको जारी द्वन्द्वका सन्दर्भमा थप सैन्य कदम चाल्ने सम्भावनालाई दृष्टिगत गर्दै उच्च सैन्य कमाण्डरहरूले पूर्व तयारीका लागि विशेष रणनीतिहरू अघि सारेका हुन् […]

२०८२ चैत्र ८ गते, आईतवार

इरानी तेलमाथिको प्रतिबन्ध हट्यो !

काठमाडौँ । अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्ध हटाउने भएको छ। अमेरिकाले इरानसँग जारी सैन्य तनावबीच विश्व ऊर्जा बजारमा देखिएको अस्थिरता कम गर्ने उद्देश्यले महत्वपूर्ण निर्णय लिएको हो । अमेरिकी ट्रेजरी विभागले इरानी कच्चा तेल र पेट्रोलियम पदार्थमाथि लगाइएको आफ्नै प्रतिबन्ध ३० दिनका लागि आंशिक रूपमा हटाउने घोषणा गरेको छ ।अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले जारी गरेको वक्तव्यमा […]

२०८२ चैत्र ७ गते, शनिबार

बेलायतमा बेरोजगारीको दर ५.२ प्रतिशत !

काठमाडौँ । बेलायतमा बेरोजगारीको दर ५.२ प्रतिशत पुगेको छ। सन् २०२५ नोभेम्बरदेखि सन् २०२६ जनवरीसम्मको अवधिमा बेरोजगारी दर ५ दशमलव २ प्रतिशत पुगेको तथ्यांक सार्वजनिक भएको छ । यसै अवधिमा कर्मचारीहरूको औसत आम्दानी (बोनससहित) ३ दशमलव ९ प्रतिशतले बढे पनि मुद्रास्फीति समायोजन गर्दा वास्तविक आम्दानी वृद्धि मात्र शून्य दशमलव ७ प्रतिशत रहेको छ। साथै, नियमित […]

२०८२ चैत्र ६ गते, शुक्रबार