‘गिरफ्तार कार्यकर्ता रिहा नगरे ईटाको जवाफ पत्थरले दिनेछौ’

२०७९ कार्तिक २३ गते, बुधबार


काठमाडौं । अखिल क्रान्तिकारी केन्द्रिय समितीले बैज्ञानिक , प्रगतिशील र जनपक्षीय शिक्षा प्राणालिका लागि भन्दै संघर्ष गर्दै आएको उल्लेख गर्दै कास्कीको पोखराबाट गिरफ्तार गरिएका आफ्ना कार्यकर्ता अविलम्ब रिहा नगरे इटाको जवाफ पत्थरले दिने भन्दै राज्यको दमन र हस्ताक्षेप प्रति विरोध जनाएको छ।अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाहीले मङ्गलवार आफ्नो सामाजिक सञ्जाल फेसबुक स्टाटस मार्फत यस्तो चुनौती दिएका हुन।
संसदिय निर्वाचन जनता र देशको पक्षमा नरहेको र अब जनताले व्यक्ति होइन व्यवस्था चुन्न पाउनु पर्ने भन्दै संगठनको विरोध कार्यक्रम अन्तर्गत मशाल जुलुस गर्ने क्रममा पि एन क्यामपस अध्यक्ष सचिन सी र नेता दिनेश साप्कोटालाई पोखराबाट गिरफ्तार गरिएको बताईएको छ।अध्यक्ष शाहीले लेखेका छन-” मशाल जुलुसको क्रममा गिरफ्तार गरिएका पी एन क्याम्पस अध्यक्ष सचिन सी र नेता दिनेश गिरफ्तार गरिएको घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, उहाहरुलाई अविलम्ब रिहा गरियोस, अन्यथा इटाको जवाफ पत्थरले दिइने छ।”

प्रतिक्रियाहरु

[anycomment]