विश्व निमोनिया दिवस मनाइँदै

२०७९ कार्तिक २६ गते, शनिबार

काठमाडौं । आज नोभेम्बर १२ तारिख अर्थात निमोनिया विरुद्धको दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएकाे छ । हरेक वर्ष नोभेम्बर १२ तारिखमा विश्व निमोनिया विरुद्धको दिवस मनाउने गरिन्छ । विश्वमा कोरोना महामारी, डंगी लगायतका संक्रामक रोगमा निमोनिया मुख्य लक्षण मानिएको छ । निमोनिया विभिन्न प्रकारका जीवाणुहरूको संक्रमणबाट फोक्सोमा आउने एक प्रकारको खराबी हो। ब्याक्टेरिया र भाइरलबाहेक अरू कारणले पनि निमोनिया हुनसक्छ ।
निमोनियाले धेरै जसो पाँच वर्षमुनिका बालबालिका र वृद्धवृद्धालाई सताउने गरेको छ । निमोनियाको रोकथाम र उपचारमा विशेष ध्यान पुर्याउन विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले आग्रह गरेको छ । यसको न्यूनिकरणका लागि निमोनियाविरुद्धको खोपसहित अरु रोकथामका सुरक्षा अपनाउनुपर्ने चिकित्सकहरु बताउँछन् ।
निमोनियाकाे बारेमा जनचेतना बढाउन सन् २००९ देखि हरेक वर्षको नोभेम्बर १२ तारिखमा यो दिवस मनाउन थालिएको हो । बिरामीको अवस्थाअनुसार उपचार हुने भएकाले लक्षणहरू देखिनासाथ स्वास्थ्य संस्थामा जानुपर्ने चिकित्सकहरुले सल्लाह दिएका छन ।

प्रतिक्रियाहरु

[anycomment]