सदिच्छालाई आत्महत्या गर्न दुरुत्साहन गर्ने शिक्षकलाई कारबाही गर

२०७९ मंसिर २३ गते, शुक्रबार


काठमाडौ। मुलुकको राजधानी काठमाडौ महानगरपालिका वार्ड न ११ स्थिति श्री विद्या निकेतन माध्यामिक बिद्यालयमा अध्ययनरत छात्रा सदिच्छा चौधरीलाई आत्महत्या गर्न दुरुत्साहन गर्ने शिक्षकलाई तुरुन्त कार्बाहि गरि पीडितलाई न्याय दिन अखिल क्रान्तिकारीले माग गरेको छ। बिहिवार अखिल क्रान्तिकारीका काठमाडौ जिल्ला इन्चार्ज ललिजन वम र जिल्ला अध्यक्ष हस्त बहादुर बिश्वकर्माद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्ती मार्फत अखिल क्रान्तिकारीले यस्तो माग गरेको हो।यदि दोषीलाई कानुनी कार्बाहि र पीडितलाई न्याय दिने कुरामा ढिलासुस्ती गरे कडाभन्दा कडा संघर्षमा जाने चेतावनी समेत दिइएको छ।
अखिल क्रान्तिकारीले प्रेस विज्ञप्ती मार्फत जनाए अनुसार सदिच्छा चौधरीले आत्महत्या गर्नु अघि बिधालयका डि आई तर्फ संकेत गर्दै आत्महत्या गर्नुको कारण सहितको पत्र लेखेको र डि आई नवराज लोहनीले अनुशासनका नाममा पटकपटक विद्यालय हाता भित्र विद्यार्थीलाई पिट्ने, अपशब्द बोल्ने र मानसिक दबाब दिने कार्य गरेको कुरा उल्लेख छ।
सदिच्छा चौधरीको आत्महत्याका विषयमा अखिल क्रान्तिकारीद्वारा जारी बिज्ञप्तीमा भनिएको छ: “काठमाडौ महानगरपालिका वार्ड न ११ स्थित श्री बिश्व निकेतन माध्यमिक बिधालयमा अध्ययनरत छात्रा सदिच्छा चौधरीले आत्म हत्या गरेको घटनाले हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ।बिधालयका डि आई नवराज लोहनीले अनुशासनका नाममा पटकपटक बिधालय हाता भित्र विद्यार्थीलाई पिट्ने, अपशब्द बोल्ने, मानसिक दबाब दिने कार्यले विद्यार्थीहरु त्रसित हुने गरेको विद्यार्थीहरुको गुनासो छ।हिजो साझ डि आई लाई संकेत गर्दै आत्महत्या गर्नुको कारण सहितको पत्र लेखि छात्रा सदिच्छाले आत्महत्या गरेकि छिन।छात्रा सदिच्छा चौधरीलाई आत्महत्या गर्न दुरुत्साहन गर्ने व्यक्तिलाई तुरुन्त कार्बाहि गरी न्याय दिन हाम्रो संगठन सम्बन्धित निकायसँग जोडदार माग गर्दछ।अन्यथा हाम्रो संगठन कडाभन्दा कडा संघर्समा जाने चेतावनी दिन चाहान्छ।यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार नेपाल सरकार, बिश्व निकेतन माध्यमिक बिधालय र सम्बन्धित निकाय हुने व्यहोरा समेत जानकारी गराउन चाहान्छौ।”
अखिल क्रान्तिकारीले घटनामा प्रत्येक्ष वा अप्रत्यक्ष रुपमा संलग्नहरुलाइ कानुनी कार्बाहि गर्नु पर्ने अन्यथा कडा संघर्षमा उत्रिने चेतावनी दिए लगत्तै बिद्यालय प्रशासनले डि आई नवराज लोहनीलाई जागीरबाट निलम्बन गरेको जानकारी श्रोतले दिएको छ।

प्रतिक्रियाहरु

[anycomment]