अखिल (क्रान्तिकारी) रामेछापको अध्यक्षमा विवेक सी

२०८० माघ ११ गते, बिहीबार


काठमाडौँ । अखिल (क्रान्तिकारी) रामेछापको १५ औं जिल्ला सम्मेलनले विवेक सी कोअध्यक्षतामा ३१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा सविता सी, सविना सी, सचीवमा सुस्मा सी , सहसचिवमा सारदा सी, रमिता सी, प्रदिप सी, प्रजिना सी र कोषाध्यक्षमा मनिता सी लगायत रहेका छन।
उक्त सम्मेलनमा मन्तव्य राख्दै प्रमुख अतिथि नरेन्द्र सीले अहिलेको दलाल पूँंजीवादी शिक्षाले श्रमजीवी जनताको हितमा हुन नसकेकाले यसका बिरुद्ध लड्न सबै विद्यार्थीहरु तयार हुन आग्रह गरेका थिए । उनले आगामी समयसम्म यहि शिक्षा नेपालमा रहिरहे नेपाल आर्थिकरुपले टाट पल्टिने , सामाजिकरुपले बिखन्डन तिर जाने र बिज्ञान प्रविधिको बिकास गर्ने भन्दा पुरातन प्रवृतीतिर फर्किने बताउदै एकजुट भएर लड्न आग्रह गरे ।
नेता नरेन्द्र सीले फागुन ६ देखि ९ गतेसम्म हुने २३ औं राष्ट्रिय सम्मेलन भब्यरुपले सफल पार्न रामेछाप जिल्लाको महत्वोपुर्ण भुमिका रहने भएकाले सबैजना व्यापक लाग्न आग्रह गरे ।
यसैगरी , उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा बोल्दै नेकपा रामेछापका इन्चार्ज इन्द्र सीले सम्मेलनबाट निर्वाचित हुने जिल्ला समितीको काधमा देश निर्माण गर्न ठूलो भुमिका रहने बताए । उनले अखिल क्रान्तिकारी रामेछापले अब प्रत्येक विद्यार्थीहरुको मन जित्न सक्ने गरि काम गर्नुपर्ने बताए ।


यसैगरी, उक्त सम्मेलनमा बोल्दै पूर्वी ताम्सालिङ ब्युरो इन्चार्ज दयाराम सीले अखिल (क्रान्तिकारी) अरु जस्तो पूँजीवादी संस्कार र भ्रष्ट प्रवृत्तिमा रमाउने विद्यार्थीलाई भ्रममा पार्ने संगठन नभएकाले आफुलाई नितान्त फरक बनाउन विद्यार्थीहरुलाई श्रम, अध्यन, अनुसन्धान, संघर्ष र उत्पादन जोड दिन आग्रह गरे ।
उक्त सम्मेलनमा D1 सेक्रेटरी बद्री सी, D2 सेक्रेटरी शंकर सी , विद्यार्थी केन्द्रिय सदस्य सुभाष सी र अखिल नेपाल शिक्षक संगठन रामेछाप जिल्ला अध्यक्ष प्रलाध सीले समेत आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]