विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै

२०८२ आश्विन २४ गते, शुक्रबार


काठमाडौँ । आज विश्व मानसिक स्वास्थ्य दिवस । मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा यो मनाइँदै छ । मानसिक स्वास्थ्य बिना मानव स्वस्थ नहुने वास्तविकता बोध गराउन सन् १९९२ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।
प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपत्कालजस्ता सङ्कटमा परेकालाई मनोसामाजिक परामर्श दिने तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा यो दिवसले जोड दिएको छ ।
राजनीतिक नेतृत्व, सरकारी कर्मचारी, स्वास्थ्य तथा सामाजिक सेवा प्रदायक, विद्यालय कर्मचारी र सामुदायिक समूहहरूसहित सबैले एकताबद्ध भएर हरेक व्यक्तिको मानसिक स्वास्थ्य सबल बनाउनेतर्फ लाग्न संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको छ । मन स्वस्थ भए तन पनि स्वस्थ हुन्छ भन्ने सन्देश प्रवाह गर्न विश्व स्वास्थ्य सङ्गठनले सदस्य राष्ट्रका सबैसँग आग्रह गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार