अमेरिकालाई नेपालको सार्वभौमिकतामाथि अतिक्रमण नगर्न चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले अमेरिकालाई नेपालको सार्वभौमिकतामाथि ठाडो अतिक्रमण नगर्न चेतावनी दिएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै सो चेतावनी दिएका हुन् ।
प्रवक्ता प्रकाण्डद्वारा जारी बिज्ञप्तिमा नेपाल भ्रमणमा आएकी अमेरिकी उपमन्त्रीले दुई देश र दुई सरकारसँग सम्बन्धित कार्य गर्नुको सट्टा अति संवेदतशील रहेको तिब्बतीयत शरणार्थी शिविरमा भ्रमण गर्न जानु भनेको नेपालको राष्ट्रिय स्वधीनता र कुटनीतिक मार्यादा बाहिरको कार्य भएको ठोकुवा गर्दै कुटनीतिक मर्यादा विपरित कार्यको कडा विरोधसमेत गरिएको छ । प्रवक्ता प्रकाण्डद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – “नेपाल सरकारलाई अमेरिकी उपमन्त्रीलाई तिब्बतीयन शरणार्थी शिविरमा कसले किन लगेको हो ?र लैजानुको कारणबारे नेपालीजनाता समक्ष स्पष्ट जानकारी गराउन विशेष माग गर्दछौं । साथै हाम्रो जनप्रिय पार्टी, अमेरिकालाई नेपालको सार्वभौमिकतामाथि ठाडो अतिक्रमण नगर्न चेतावनी दिन्छ। “
