नेकपाका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता

२०७९ जेष्ठ २५ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच बुधबार बिहान भेटवार्ता भएको छ । तीन बुंदे सहमति कार्यान्वयनको सन्धर्भमा भएको प्रगतिको समीक्षा गर्न सो भेटवार्ता भएको हो । उक्त भेटवार्तामा प्रवक्ता प्रकाण्डले तीन बुंदे सहमति हालसम्म कार्यान्वयन नहुनुको कारण बारे गम्भीर ढंगले प्रश्न उठाएका थिए। उनले तीन बुंदे सहमति कार्यान्वयनको सन्धर्भमा सरकारले गरेका कार्य प्रगतिको बारेमा जानकारीसमेत माग गरेका थिए । प्रवक्ता प्रकाण्डले तीन बुंदे सहमति कार्यान्वयनको बाकी कार्यको सन्धर्भमा सरकारले गम्भीरताका साथ सोच्नुपर्ने समेत बताएका थिए ।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले तीन बुंदे सहमति कार्यान्वयनको प्रगतिबारे सरकारको धारणा प्रष्ट्याउदै गृहमन्त्री बालकृष्ण खाँणले तीन बुंदे सहमति हुँदा नेकपाका ५०० नेता – कार्यकर्तामाथि मुद्दा रहेकोमा हालसम्म ४०० वटा मुद्दा फर्छ्यौट भै सकेको र बाकी १०० वटा मुद्दा फर्छ्यौटको प्रक्रियामा रहेको बताएका थिए । गृहमन्त्री खाँणले नेकपाका बन्दी रहेका नेता – कार्यकर्ता मध्ये ८ जनालाई रिहा गर्न सम्बन्धित निकायसंग समन्वय गरेर अन्तिम चरणमा पुर्याएको र बाँकी बन्दीहरुलाई पनि रिहा गर्न प्रक्रिया अगाडी बढाइ सकेको जानकारी दिएका थिए ।

गृहमन्त्री खाँणले सैनिक अदालतवाट जन्मकैद संजाय पाएका नेकपाका कार्यकर्ता झलककुमार भगतलाई गणतन्त्र दिवसको अवसरमा रिहा गरिसकेको जानकारी समेत दिएका थिए । गृहमन्त्री खाँणले तीन बुंदे सहमति कार्यान्वयन गर्न हालै सम्पन्न स्थानीय निर्वाचनका कारण केहि ढिलाई हुन् गएको बताउदै सरकार नेकपासंग भएको तीन बुंदे सहमति कार्यान्वयन गर्न गम्भीर तथा ईमान्दारॆका साथ लागेको जानकारी दिएका थिए ।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भएको उक्त भेटवार्ता सकारात्मक र निष्कर्षमुलक भएको बताइएको छ भने तीन बुंदे सहमति कार्यान्वयनलाई निष्कर्षमा पुर्याउन छिट्टै सम्बन्धित निकायसहितको बैठक बस्ने सहमतिसमेत भएको छ।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भएको उक्त भेटवार्तामा गृह मन्त्रालयका सचिब टेकनारायण पाण्डे र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलको समेत सहभागिता रहेको थियो ।


२०७७ फाल्गुन २१ गते तत्कालिन के पी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बीच ३ बुँदे सहमति भएको थियो । जुन सहमतिमा दुवै पक्ष-नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी, देशको राजनैतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न , नैपाल कम्युनिष्ट पार्टी आफना सबै राजनैतिक क्रियाकलापहरु शान्तिपूर्णरुपमा संचालन गर्न र नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको रिहाई र संपूर्ण मुदाहरु गर्न सहमत भएको थियो ।

नेकपा र सरकारबीच तीन बुंदे सहमति भएपछि देशी- बिदेशी दलाल तत्वहरु उक्त सम्झौता कार्यावन्यन हुन् नदिन कम्मर कसेर लागेका छ । तर ति सबै अबरोधहरु छिचोल्दै नेकपा निरन्तर वार्ताको माध्यमवाट तीन बुँदे सहमति पूर्ण रुपमा कार्यान्वयन लागि परेको छ ।
तत्कालिन के पी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बीच ३ बुँदे सहमति भएको १५ महिना नाघी सक्दा समेत नेकपा धैर्यवान हुदै निरन्तर वार्ता र सम्बादमा जुटिरहेको छ उसको यो देश र जनताप्रतिको जिम्मेवारी र ईमान्दारॆतालाई सरकारले कमजोरीको रुपमा बुझ्नु नहुने राजनीतिक विश्लेषकहरु बताउछन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

जनयुद्धबिरुद्धको वकवास असैह्य

२०८१ फाल्गुन २ गते, शुक्रबार

‘समाजवादका लागि संविधान संशोधन गरौं’

२०८१ फाल्गुन १ गते, बिहीबार

आउँदो दशक समाजवादीमय बन्ने निश्चित

२०८१ फाल्गुन १ गते, बिहीबार