नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय प्रतिनिधि समितिको बैठक सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय प्रतिनिधि समितिको प्रथम बैठक सम्पन्न भएको छ । कपिलवस्तुस्थिति शिवगढीमा रहेको पार्टीको केन्द्रिय कार्यालयमा गत सोमबारवाट सुरुभएको उक्त बैठक महत्त्वपूर्ण र दूरगामी निर्णय गर्दै समापन भएको बताइएको छ ।

बैठकमा चुनाव खारेज अभियान र चुनाबमा संसद्वादी दल र नेताहरुप्रति जनाताले देखाएको उदासीनतालगायत चुनावको परिणामले संसदीय व्यवस्थामा देखिएको संकट आमजनताले बुझ्ने गरी पर्दाफास भएको विषयमा गहन छलफल भएको बताइएको छ । यसैगरी, बैठकमा संसदीय व्यवस्थामा आएको संकट नेपाल कम्युनिष्ट पार्टी एकीकृत जनक्रान्तिको नयाँ योजना र कार्यक्रमसहित अगाडी बढ्ने निर्णय भएको बताइएको छ ।


