जनयुद्ध दिवस राष्ट्रिय पर्व

२०७९ फाल्गुन १ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले जनयुद्ध दिवस राष्ट्रिय पर्व भएको छन । महासचिव विप्लव सी ले नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यालय शिवगढी कपिलवस्तुमा आयोजित २८ औं जनयुद्ध दिवसलाई सम्बोधन गर्दे जनयुद्ध दिवस जनताको दिवस भएकाले राष्ट्रिय पर्बको रुपमा सबैले मनाउनु पर्ने बताएका हुन् । उनले अधिकार नपाएको जनताको विद्रोह स्वरुप जनयुद्ध भएको बताउदै भने – “नेपालका सबै किसान, मजदुर, महिला, मधेशी, मुस्लिम आदीवासी, जानजाती लगायत सबैको मुक्तीको लागि भएको जनयुद्ध दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्छ । ”
महासचिव विप्लवले अझै पनि केहीले जनयुद्धलाई अपमानितको रुपमा लिएको हुदाँ जनयुद्धलाई आलोचना गर्ने ब्यक्तिहरु पराजित मानसिकताको उपज भएको र नागरिकको हक अधिकारका लागि सदैव एकजुट भइ जनक्रान्ती गर्नु पर्ने बताए ।
उनले प्रचण्ड, माधव कुमार नेपाल, केपी शर्मा ओलीसग छलफल गरिरहेको सबै कम्युनिष्ट मिलेर जनक्रान्तीको बाटोमा अघि बढाउनेसमेत बताए ।
नेपाल कम्युनिष्ट पार्टीका पोलि ब्युरो सदस्य तथा केन्द्रिय सदस्य भेषराज सीले माओवादीका कारण देशमा विकास भएको र विना सघंर्ष केही उपलब्धि हासिल गर्न नसकिने भन्दै जनयुद्धको उपलब्धीलाई आत्मासात गर्नु पर्ने बताए । उनले जनयुद्धमा १७ हजार जनाले कुर्बानी दिएकाले सबैले जनयुद्धलाई सहिढङगबाट लिनु पर्ने बताउदै कपिलवस्तुमै करिब १६ सय जना द्वन्द पीडित रहेको बताए । उनले कपिलवस्तुका दक्षिणी भेगका केही मधेसी नेताले जनयुद्धमा होमिएका मधेसी नेपालीलाई शोषण गरेकोसमेत बताए ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका पोलिट सदस्य तथा केन्द्रिय सदस्य असल सीले राष्ट्रियता जोगाउन र बर्गिय मुक्तीको लडाइँमा जनयुद्ध भएको बताउनु भयो। उहाले भन्नुभयोदै भने – “भारतका गाडी नेपालमा निर्वाध रुपमा खुलेआम सन्चालन हुँदै आएको छ तर नेपालका गाडी धर्मिक स्थल अयोध्या समेत जना पाउदैन । भारतीय हस्ताक्षेपको विरुद्धमा लाग्नु पपर्छ । ”
नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी पश्चिम ब्युरो इन्चार्ज सन्जिव सीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रिय सदस्य सुशील सी, केन्द्रिय सदस्य अडिग सी, केन्द्रिय सल्लाहकार सन्ध्या सी, कपिलवस्तु पश्चिम जिल्ला अध्यक्ष हेमन्त सी, केन्द्रीय प्रतिनिधि सदस्य रुषा सी र सहिद परिवार लगायतको अतिथ्यता रहेको थियो भने कार्यक्रम सन्चालन जिल्ला सचिव पाबेल सीले गरेका थिए । उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का जिल्ला सदस्य खिमान सिहं परियार नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]