नेकपाद्वारा वित्तीय संस्थाको ज्यादती र मिटरब्याजविरुद्ध देशव्यापी जनप्रदर्शन

२०७९ फाल्गुन ६ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले बैंक तथा वित्तीय संघ/संस्थाहरुको महङ्गो ब्याजदर र मिटर ब्याजको कारण उद्योगी, व्यावसायी, किसान र मजदुरलगायत आमसर्वसाधारणहरुलाई आक्रान्त पारेको र आत्महत्याको स्थिति समेत उत्पन्न भएको भन्दै शुक्रबार देशभर विरोध प्रदर्शन गरेको छ । सो पार्टीले मिटरब्याज र बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर विरुद्ध घोषित कार्यक्रमअन्तर्गत शुक्रबार पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जनप्रदर्शन भए । वित्तीय क्षेत्रको चर्को शोषण अन्त्य गर, राष्ट्रिय उद्योगी र व्यापारीलाई राहत दे, मिटरव्याजीलाई कारबाही गर, लघुवित्त संस्थाको ज्यादति अन्त्य गर, ऋणीहरुको अवस्था छानबिन गर, पीडित जनताको ब्याज मिनाहा गर, एक अङ्कको ब्याजदर लागू गर, दलाल पुँजीवादी व्यवस्था मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावादलगायतका नारासहित प्रदर्शन गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]