दलाल संसदीय व्यवस्था परिवर्तन अनिवार्य (भिडियोसहित)

२०८० बैशाख १६ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले दलाल संसदीय व्यवस्था परिवर्तन अनिवार्य रहेको बताएका छन । नेकपा नारायणी ब्युरोद्वारा सो पार्टीकि स्थायी समिति सदस्य शिलु सीका बुवा कमानसिंह भुजेलको निधनमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन्।
महासचिव विप्लव सीले भने – ‘जनताले आफ्नो अधिकारका लागि, पहिचानका लागि र मिटरव्याज एवम वित्तीय आतंक विरुद्ध आवाज उठाउदा राज्यले बन्दुक प्रयोग गरिरहेको छ। नागरिकले बोल्नसमेत नपाइने भएपछि यो कसरी जनताको राज्य भयो ? त्यसैले यो व्यवस्था परिवर्तन अनिवार्य रहेको छ ।’
सोही कार्यक्रममा स्थायी समिति सदस्य शिलु सी का बुबा कमान सिंह भुजेलको स्मृतिमा रु. १ लाख ५० हजारको अक्षयकोष खडा गरिएको छ। उक्त कोषबाट प्राप्त हुने रकम स्थानीय विद्यालयमा पढ्ने विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति र कापीकलम किन्न खर्च गरिने बताईएको छ।
उक्त कार्यक्रममा नेकपा नेताहरू शिलु सी, अनिल सी,भरत सी , सन्देश सी,आदर्श सी,आस्था सी, एटम सी, प्रज्वलन सी, बन्धु सी, एमाले नेता कृष्ण भक्त पोख्रेल माओबादी नेता घनश्याम दाहाल( अबिनाश) लगाएतको सहभागिता रहेको थियो। कमान सिंह- गर्भ कुमारी अक्षयकोष स्थापना गर्दै सम्पन्न भएको श्रद्धाञ्जली सभामा गङ्गा बहादुर भुजेलको अध्यक्षता र नेकपा चितवनका इन्चार्ज उत्सवले भुजेलको जीवनी बाचन सहित सभाको सञ्चालन गरेका थिए ।


यसअघि , कमान सिंह भुजेलको निधन भएको दोस्रो दिन भरतपुर वडा न २४ स्थित उन्नतिटोलमा केवी, अलैंची फुल र गल्मर गरि तीन थरी बिरुवा वृक्षारोपण गरिएको थियो । उक्त वृक्षारोपण कार्यक्रममा नेकपा पोलिटब्युरो सदस्य प्रज्वलन सीलगायत स्थानीयहरुको सहभागिता रहेको थियो। भुजेलको निधनको तेस्रो उन्नति बिकास समिति र समुन्नति टोल बिकास समितिद्वारा संयुक्त रुपमा शोकसभा गरिएको थियो भने शोकसभामा वडा अध्यक्ष रामबहादुर गोदारले प्रमुख अतिथिको रूपमा शोक मन्तव्य राखेका थिए ।कार्यक्रमको अध्यक्षता स्थानीय बीरबहादुर बिक र सञ्चालन राम बहादुर थापाले गरेका थिए ।
त्यसैगरी , गतआइतबार भुजेलको परिवारको तर्फबाट प्रभात माध्यामिक बिधालय र आधारभुत बिधालय बयरघारीका २५ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई कापी र कलम बितरण गरिएको थियो भने उक्त कार्यक्रममा कमानसिंह भुजेलका जेठा छोरा गङ्गाबहादुर भुजेलले कार्यक्रममा सहभागीलाई धन्यवाद मन्तव्य दिएका थिए।
नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनले समाजमा रहेको जात व्यवस्थाको विकल्पमा सी जातिको निर्माण गर्ने र सी जातिको जन्म , मृत्युु र बिबाह सम्बन्धि नयाँ सँस्कार अवलम्वन गर्ने निर्णय अनुसार नेतृ शिलुका बुवा कमान सिंह भुजेलको निधनमा समेत सोही अनुसार मृत्यु सस्कार सम्बन्धि मान्यता कार्यान्वयन गरिएको हो भने यस अघि नै नेकपा महासचिव विप्लव र नेकपा पोलिटब्युरो सदस्य आदर्श सीले आ आफ्नो परिवारमा सी जातिको मान्यता अनुसारको सँस्कार लागू गरिसकेका छन।

प्रतिक्रियाहरु

[anycomment]