समाजवादी मोर्चाको औपचारिक घोषणा
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) सहितका दलले ‘समाजवादी मोर्चा’ को औपचारिक घोषणा गरेका छन । आज काठमाडौंमा आयोजित कार्यक्रमबाट नेपाल कम्युनिस्ट पार्टी , नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा नेपालसहितका दलले उक्त मोर्चाको घोषणा गरेका हुन् ।
‘समाजवादी मोर्चा’ को सहमतिपत्रमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ,नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले हस्ताक्षर गरेका छन्।
हस्ताक्षरपछि जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले सहमति पत्र पढेर सुनाएका थिए।। उनले अवधारणापत्र पढेपछि मोर्चाका अध्यक्षहरुले आफ्नो सिटबाट उठेर हातेमालो गर्दै मोर्चा अघि बढाउने ऐक्यबद्धता जनाएका थिए।
मोर्चाले आफ्नो लक्ष्यमा समाजवादको नेपाली बाटो तय गर्ने, विभेदको अन्त्य गर्ने, त्यसका लागि जनदबाब सृजना गर्ने, पिछडिएको क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने,राजनीतिक, आर्थिक र सांस्कृतिक रुपमा पछाडि पारिएका सिमान्तकृत समुदायका अधिकार प्रत्याभूत गराउने जस्ता कुराहरु समावेश गरेको छ।