वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल फुट्यो !
![](https://janakhabar.com/wp-content/uploads/2023/06/ahuti.jpeg)
काठमाडौं । बिश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल विभाजन भएको छ। सो पार्टीसंग अधिकांश नेता- कार्यकर्ताले सम्बन्ध बिच्छेद गरी बैज्ञानिक समाजवादी मोर्चा गठन गरेका छन , जसको संयोजकमा आशिष र प्रवत्तामा सर्व श्रेष्ठ रहेका छन । आहुति नेतृत्वको उक्त पार्टीलाई प्रतिक्रान्तिकारी कित्तामा लैजाने योजनाहरुमा मात्र सिमित भएकोले उक्त पार्टीसंग सम्बन्ध बिच्छेद गरि वैज्ञानिक समाजवादी मोर्चा नेपाल गठन गरेको संयोजक आशिष र प्रवत्ता सर्व श्रेष्ठले संयुक्त बिज्ञप्तिमार्फत जानकारी दिएका छन।
बैज्ञानिक समाजवादी मोर्चाका संयोजक आशिष र प्रवत्ता सर्व श्रेष्ठले वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल विच्छेद गर्नका कारणहरुमा राजनैतिक , वैचारिक र सैद्धान्तिक मतभेद बढ्दै गएको , जनयुद्धको भावना विपरित जानु र अपमान गर्नु रहेको , संघीयताप्रतिको दृष्टिकोण बदल्दै जानु र प्रदेशहरु खारेज गर्दै जानु र पार्टीलाई गुटगत रुपमा सञ्चालन गर्नु रहेको जनाएका छन।
साथै संयोजक आशिष र प्रवत्ता सर्व श्रेष्ठले तसर्थ वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालसित सम्बन्ध बिच्छेद गरी बैज्ञानिक समाजवादी मोर्चाको गठन गरेको र बैज्ञानिक समाजवादी मोर्चामा न्यायप्रेमी जनतालाई गोलबद्ध भई क्रान्तिको कार्यभार पूरा गर्न आव्हान गरिएको छ ।
यस बिषयमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालसंग सम्बन्ध बिच्छेद गरी गठन भएको बैज्ञानिक समाजवादी मोर्चाका संयोजक आशिष र प्रवक्ता सर्व श्रेष्ठले जारी गरेको बिज्ञप्ती यस प्रकार रहेको छ –
![](https://www.janakhabar.com/wp-content/uploads/2023/06/1-4-406x1024.jpg)