नेपाल कम्युनिस्ट पार्टीद्वारा सीता दाहालको निधनप्रति शोक व्यक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डकी जीवनसाथी सीता दाहालको निधनप्रति शोक ब्यक्त गरेको छ ।
शनिबार बिहान नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी र स्थायी समिति सदस्य विषम सी र भरत सीसहितका नेता प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी जीवनसाथी सीता दाहालको निधनप्रति श्रद्धाञ्जली र परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै शोक पत्र हस्तान्तरण गरेका हुन् ।