नेपाल कम्युनिस्ट पार्टी र एमालेबीच स्वाधिनता र जनाधिकार सुनिश्चित गर्ने समझदारी

२०८० आश्विन २३ गते, मंगलवार


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी र नेकपा एमालेवीच स्वाधिनता र जनाधिकार सुनिश्चित गर्न वार्ता र संवाद जारी राख्ने समझदारी भएको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी र एमालेका अध्यक्ष एबम् पुर्वप्रधानमन्त्री केपी ओलीबीच सोमबार साँझ बालकोटमा भएको भेटवार्तामा उक्त समझदारी भएको हो । उक्त भेटवार्तामा देशको बर्तमान राजनीतिक अवस्था र जनजीविकाका बिषयमा छलफल भएको र ति समस्या समाधान गर्न साझा पहल गर्ने सहमतिसमेत भएको बताइएको छ।
उक्त भेटवार्तामा राष्ट्रिय स्वाधिनता र जनमुक्तिको सवालबिरुद्ध दलाल पुँजीवाद र साम्राज्यवादको गम्भीर हस्तक्षेप र षड्यन्त्र भएको र देशमा साम्प्रदायिक, धार्मिक र जातीय दंगा फैलाएर अशान्ति मच्याउन खोजिएको बिषयमा गम्भीर छलफल भएको बताइएको छ। यसैगरी , यतिबेला दलाल पुँजीवाद र साम्राज्यवाद कम्युनिस्ट , प्रगतिशील , लोकतन्त्रवादी र राष्ट्रवादी शक्तिका बिरुद्ध अन्तिमरुपमा लागेको निष्कर्ष समेत निकालिएको बताइएको छ ।
यसैगरी , उक्त भेटवार्तामा राष्ट्रिय र बाह्य समस्याको समाधानको निम्ति क्रान्तिकारी र देशभक्त कम्युनिस्टहरुको पहलमा राष्ट्रिय स्वधिनता र जनाधिकारलाई सुनिश्चित गर्नु पर्ने र यसका निम्ति दुई पार्टीबीच सघन र नियमित वार्ता र संवाद जारी राख्ने समझदारी भएको बताइएको छ।

प्रतिक्रियाहरु

[anycomment]