‘ एमसीसी,कुनै पनि हालतमा कार्यान्वयन गर्न दिदैनौ’

२०८० माघ १७ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले कुनै पनि हालतमा एमसीसी कार्यान्वयन गर्न नदिने ठोकुवा गरेका छन । सो पार्टीनिकट युवा सङ्गठन नेपाल केन्द्रिय समिति र अखिल (क्रान्तिकारी) केन्द्रिय समितिद्वारा संयुक्तरुपमा मंगलबार नुवाकोटको रातेमाटेमा आयोजना गरिएको ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेजीका लागि वृहत युवा विद्यार्थी प्रदर्शन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।


उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सी ले एमसीसी नामको कार्यक्रम साम्राज्यवादीको विचार ,राजनीतिक ,धार्मिक योजना , अलि –अलि विकास भए पनि मुख्यत सैन्य उद्देश्य भएको र उसले विकासको नाम देखाएर नेपाल कव्जा गर्न खोजेको ठोकुवा गर्दै भने- ‘साम्राज्यवादका नेपाली दलालहरुले रातेमाटेका जनताको जग्गा हडपेका छन,जनतालाई दुख दिएर आतंकित पारेका छन । ३५८ रोपनी जग्गा साम्राज्यवादले आफ्नो कन्टोलमा लिएको छ, पाल्पा,हेडौटा लगायतका ठाउँमा जग्गा हडपेको छ, रातेमाटेका १०२ घर विस्थापित भएका छन,अझै ७ सय रोपनी जग्गा कव्जा गर्ने योजनामा छ,यो गम्भीर र भयानक डर लाग्दो अवस्था हो ।’


प्रवक्ता प्रकाण्ड सी ले अमेरिकी साम्राज्यवादले देखावटी रुपमा विधुत र सडकको भ्रम दिदै नेपाललाई समाप्त पार्ने र चीन कव्जा गर्ने डिजाईमा एमसीसी ल्याउको भन्दै यसको प्रतिरोध सबै राष्ट्रवादी स्वाभिमानी शक्तिहरुले गर्नु पर्ने बताए । उनले साम्राज्यवादले नेपालमाथि गिद्दे नजर डरलाग्दो रुपमा लगाईरहेको बताउदै उसको गिद्दे नगर नेपाली जनताको एकता र बलले परास्त हुने दाबी गरे ।

प्रवक्ता प्रकाण्ड सी ले अमेरिकी साम्राज्यवादलाई चुनौती दिने गरी रसिया र चीन शक्तिशाली देश भएर उदाएपछि अमेरिकी साम्राज्यवाद निकै संकटमा परेको र आफू अगाडि वढन इन्डोप्यासीफिक रणनीति मार्फत आएको बताउदै उसको इण्डोप्यासिफिक रणनीति भनेको कमजोर राष्ट्रमाथि विकासको आवरणमा सैन्य अखडा राख्ने र युद्ध निम्त्याउने रणनीति भएको उल्लेख गर्दै साम्राज्यवाद चीनलाई घेर्न र नेपालमा विकासको नाममा युद्ध निम्त्याउन एमसीसीबाट प्रवेश गरेको ठोकुवा गरे ।
प्रवक्ता प्रकाण्ड सी ले दलाल पुँजीवादी व्यवस्थाका विरुद्ध समाजवादी व्यवस्थाको विकल्प सारेर जनताको प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टी अगाडि बढेको चर्चा गर्दै दलाल र साम्राज्यवादी षड्यन्त्रको परास्त पारेरै छोड्ने ठोकुवा गरे। उनले साम्राज्यवादले राजनीतिक,आर्थिक,सामाजिक र सांस्कृतिक रुपमा हस्तक्षेप गरेको बताउदै देश निकै संकटपूर्ण अवस्थाबाट गुर्जेको र जनता र राष्ट्रले जननेता नपाएको टिप्पणी गरे ।
प्रवक्ता प्रकाण्ड सी ले जनताको वास्तविक प्रतिनिधित्व गर्ने विचार,पार्टी र नेतृत्व सहित नेपाल कम्युनिष्ट पार्टीले क्रान्ति जारी राखेको दाबी गर्दै त्यसको लागि एकपटक जनतालाई साथ दिन अपिलसमेत गरे ।


यसैगरी सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य शिलु सीले यदि राष्ट्रघाती एमसीसी परियोजना कार्यान्वय भए नुवाकोटको रातेमाटेमा नेपाली सेना नभएर अमेरिकी सेना बस्ने दाबी गरिन। उनले एमसीसी भनेको सडक र विधुत परियोजना देखाएर विकासको नाममा नेपाललाई सैन्य अखडा बनाउन र विनास गर्न अमेरिकी साम्राज्यवाद आएको ठोकुवा गर्दै भनिन् – ‘एमसीसी कार्यान्वयन भयो भने रातेमाटेमा नेपाली सेना होइन, अमेरिकाको सेना आउनेछ, अमेरिकाको कर्मचारी आउनेछ, ६२ अर्व पैसा देखाएर सडक विधुतका कुरा गरेर विस्तारै नेपाली जनतामाथि चरालाई डोकोमा थुने जस्तै गर्ने छ ।’
उनले एमसीसी खारेज गर्नुको विकल्प नभएको बताउदै एमसीसी नेपालबाट खारेज नभए सम्म युवा विद्यार्थीहरुको आन्दोलन जारी रहने चेतावनी समेत दिईन ।
स्थायी समिति सदस्य शिलु सी ले नेपाल कम्युनिष्ट पार्टी विकास विरोधी नभएको प्रष्ट पार्दै नेपालमाथि सैन्य अखडा राख्ने र चीन घेर्ने रणनीतिमा ल्याईएको एमसीसीको विकास नेकपालाई स्वीकारे नभएको दोहोर्याईन ।


उक्त कार्यक्रममा नेकपाका उपत्यका व्यूरो इन्चार्ज कृति सी,युवा संगठन नेपालका अध्यक्ष पाटन जंगली ,अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश सी,उपाध्यक्ष नरेन्द्र सी लगायतका नेता कार्यकर्ता र स्थानीय जनताको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु