नेकपाद्वारा लालु–लैफु शहिदमार्ग निमार्ण कार्य पुनः सुरु
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले कालिकोटको लालु–लैफु शहिदमार्गको रोकिएको निमार्ण कार्य शुक्रवारबाट पुनःसुरु गरेको जनाएको छ । सो पार्टीले २०७४ साल फागुन १ गते कालिकोटको खुलालुदेखि लालु हुदै माल्कोट रुप्सासम्मको सहिद मार्ग निमार्ण कार्य सुरु गरेको थियो । तर नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्धका कारण सरकारी निकायहरुले सहिदमार्ग निमार्ण कार्यलाई अवरोध पुर्याएका थिए । अहिले यो मार्गलाई लैफुसम्म पुर्याउने नेकपाको तयारी छ । नेकपाले लालु–लैफु शहिदमार्ग निमार्ण कार्यका लागि सरकारी तहबाट केही बजेटसमेत हाल्न लगाएर पछिल्लो चरणमा सहिदमार्ग निमार्ण कार्यलाई तिव्रता दिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीले बताएको सहिद मार्ग निमार्ण कार्य पुन: सुरु भएको र केहि दिनमा माल्कोट पुग्ने छ ।
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले रोकिएको कामलाई सुचारु गर्न बेला– बेला निर्देशन दिने गरेका छन । उनले सरकारी निकायलाई समेत बजेट व्यवस्था गर्न र छिटो बाटो निमार्ण गर्न पहल गरिरहेका छन ।
नेकपाको केन्द्रिय योजना अनुसार कालिकोटको खुलालु देखि लैफुसम्मको सडकखण्ड निमार्ण हुने छ । अहिले भने माल्कोटसम्मको सडकखण्ड निर्माण गर्न लागिएको हो । पहिलो चरणमा लालु लैफु सडकको खुलालु माल्कोट सडकखण्ड अन्तरगत १२ किलोमिटर सडक निर्माण गर्ने कार्य केही दिनमा सकिने छ । यो सडक गाउँ –गाउँ हुदै माथिल्लो भागबाट लैफुसम्म पुग्ने छ ।
नेकपाले कालिकोटमा जनयुद्धको बेला धेरै क्रान्तिकारी योद्धाहरुको रगत बगेकाले र सहिद भएकाले लालु –लैफु सडक खण्डलाई सहिदमार्गको नाम दिएको छ ।