डा बाबुराम भट्टराईद्वारा नेकपाका महासचिव बिप्लव सीलाई बधाई
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपाका महासचिव बिप्लव सी लाई बधाई दिएका छन। नेकपाद्वारा नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्दै डा भट्टराईले नेकपाका महासचिव बिप्लव सी बधाई दिएका हुन् । डा भट्टराईले भने – ‘सर्वप्रथम विप्लव सीलाई बधाई । कम्युनिस्ट आन्दोलन रक्षात्मक भइरहेका बेलामा तपाईंले आँट गर्नु भएको छ ।’
उनले अगाडि भने – ‘जनयुद्धले ठूलो परिवर्तन ल्याएको छ । यो जनताको अधिकारबाट भएका विद्रोहले धेरै परिवर्तन भएको छ । जनयुद्धमा केही पनि भएन भन्नु गलत भएको बताए । राजालाई विष्णुको अवतारका रुपमा पुँजा गर्ने व्यवस्थाको अन्त्य सामान्य होइन । तर त्यतिले पुग्दैन ।’
उनले विद्राह गर्नु जनताको अधिकार भएको बताउदै भने – ‘दक्षिणपन्थि चटकेहरुले अहिले माओवादीहरुलाई गाली गरिरहेका छन् । उनीहरुले माओवादीलाई गाली गर्दा विदेशीएका गरिव निमुखाहरुले हो मा हो मिलाएर ताली बजाइरहेका छन् । उनीहरुले आफू आए देशलाई विकास गर्न सक्ने भएर हल्ला गरिरहेका छन् । हामी माओवादी एक भएनौं भने सबै उपलब्धीहरु गुम्ने खतरा छ । ‘
यसैगरी, डा भट्टराईले नेपाललाई पुँजीवादी विश्वका रुपमा विकास गरेर समाजवादमा जानुपर्ने बताएका छन। उनले नेपाललाई पुँजीवादी विश्वका रुपमा विकास गर्नु पर्ने बताउदै भने – ‘हाम्रो देशमा पुँजीवाद आएको छैन । हामीले नेपाललाई पुँजीवादी विश्वका रुपमा विकास गरेर समाजवादमा जानपर्छ । पुँजीवाद पुरा भएपछि हामी समाजवादमा जान्छौं ।’
डा भट्टराईले विश्वमा पुँजीवादी युगको सुरु भइसकेको र नेपालमा समान्तवाद बाँकी भएको भन्दै माओवादी आन्दोलन सुरु भएको बताउदै भने – ‘हामीले नेपालमा विद्राह नगरेको भए केही हुने थिएन् । नेपालका सामान्तहरुले हामीसँग हारेका थिए । नेपालमा वैदेशिक हस्तक्षप नभएको भए नेपाली जनता पूर्ण मुक्त भइसक्नुहुन्थ्यो । सूचना प्रविधिको विकास, साम्राज्यवादको दवाव लगायतका कारणले हामीले सम्झौता गर्नु आवश्यकता थियो ।’