‘ सहिदको सपना साकार पार्न कम्युनिष्टहरु एकजुट भएर लाग्नुपर्छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले सहिदको सपना साकार पार्न सबै कम्युनिष्टहरु एकजुट भएर लाग्नु पर्ने बताएका छन। झापाको सुखानीमा सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै उनले सो कुरा बताएका हुन।
महासचिव विप्लव सी ले देशमा गणतन्त्रसम्म आइपुग्दा जे जति परिवर्तन भए त्यो परिवर्तन जनताको संघर्ष र सहिदहरुको बलिदानबाट मात्रै सम्भव भएको उल्लेख गर्दै त्यसलाई राज्य सञ्चालन गर्ने नेतृत्वले अझैसम्म पनि गहन रुपमा बुझ्न नसकेको बताए ।
महासचिव विप्लव सी ले नेपालमा एमसीसी परियोजना अन्तर्गत अमेरीकाले शैन्य हस्तक्षेप सुरु गरेको अहिलको संक्रमणकालीन अवस्थाबाट देश गुज्रिरहेको उल्लेख गर्दै यसलाई सहि नेतृत्वबाट उकास्न बामपंथी कम्युनिष्टहरु एक भएर लाग्नुको बिकल्प नभएको बताए ।