जिल्ला अदालत काठमाडौंको आदेश : तीन बुँदे सहमति,शान्ति प्रक्रिया र अग्रगामी राजनीति निकास बिपरित

२०८० मंसिर २९ गते, शुक्रबार

काठमाडौ । समाजबादी मोर्चाले जिल्ला अदालत काठमाडौंले नेकपाका नेताबिरुद्ध जारी गरेको आदेश तीन बुँदे सहमति,शान्ति प्रक्रिया र अग्रगामी राजनीति निकास बिपरित भएको ठहर गरेको छ। नेपाल कम्युनिष्ट पार्टीसहित नेकपा माआवादी केन्द्र,नेकपा एकीकृत समाजबादी र जनता समाजबादी पार्टी सम्मिलित समाजबादी मोर्चा नेपालको केन्द्रीय सचिवालय समितिको बैठकले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सीलगायत पार्टीका शीर्ष नेताहरू विरुद्ध जारी गरेको आदेश तीन बुँदे सहमति,शान्ति प्रक्रिया र अग्रगामी राजनीति निकास बिपरित भएको ठहर गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा शुक्ररबार विहान बसेको समाजबादी मोर्चाको केन्द्रीय सचिवालयको बैठकले जिल्ला अदालत काठमाडौंको आदेश यथासिघ्र फिर्ता गरिनु पर्ने, नेपाल कम्युनिष्ट पार्टीका नेतामाथि लगाईएका झुट्टा मुद्धा खारेज गरिनु पर्ने साझा सहमति गर्दै त्यसका लागि विशेष पहल गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।
उक्त बैठकले नेपालमा देशी, विदशी दलाल तथा साम्राज्यवादी तत्वहरु सक्रिय भएको र नेपाललाई पुनः प्रतिगमन तिर लिन सकिन्छ कि भनेर गडबडी गरिहेको निश्कर्ष निकाल्दै त्यसका विरुद्ध समाजादी मोर्चाले एकताबद्ध भएर जनताको साथसहित प्रतिवाद गर्नुृपर्ने निर्णय गरेको छ ।
समाजबादी मोर्चाको उक्त बैठकले मोर्चाको आगामी विस्तृत योजना तथा कार्यक्रममहरु पौष पहिलो साता बस्ने बैठकबाट ठोस गर्ने बताइएको छ ।
यसैगरी, समाजबादी मोर्चाले नेपालमा पछिल्लो एनसेल काण्ड सार्वजनिक भएको विषयमा गम्भीतापूृर्वक लिएको जनाएको छ । मोर्चाले एनसेन काण्डमा मुछिएका दोषीहरुवारे सत्य तथ्य सार्वजनिक गरी दोषी माथि कडा कार्वाही गर्न सरकारलाई आग्रहसम्र्ट गरेको छ ।
मोर्चाको बैठकले प्रतिगामी तत्वहरुले नेपालमा साम्राज्यवादी हस्तक्षेप बढाएर नेपालको राष्ट्रिय स्वाधीनता लगायतका विषयमाथि गम्भीर आक्रमण गर्ने प्रयास गरेको ठहर गर्दै समग्रमा देशको जटिल राजनीतिक अवस्थालाई निकास दिन समाजबादी मोर्चाले नयाँ निकास दिने गरी आगामी बैठकवाट ठोश निर्णय गर्ने सहमति गरेको छ ।
उक्त बैठकमा नेकपाका प्रवक्ता प्रकाण्ड सी,नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ,नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल,र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठको सहभागिता रहेको थियो ।

स्मरणीय छ, देशको राष्टिय स्वाधीनताको गम्भीर सवाल र विद्यमान आर्थिक ,राजनीतिक संकटको अग्रगामी निकास एवम् नेपाली मौलिकताको समाजवादी प्रणाली निर्माण गर्ने उदेश्य सहित बनेको समाजवादी मोर्चामा हाल नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र , एकीकृत समाजबादी पार्टी र जनता समाजवादी पार्टी सम्मीलित छन।

प्रतिक्रियाहरु

[anycomment]