बियस चन्दको निधनले पार्टी र आन्दोलनलाई अपुरणीय क्षति

२०८१ जेष्ठ १६ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेकपाका युवा नेता बियस चन्दको निधनले पार्टी र आन्दोलनलाई अपुरणीय क्षति भएको बताएका छन । महान सहिद विरजङ्गका जेष्ठ सुपुत्र महासचिव विप्लव सीका भतिज एवम् नेकपाका युवा नेता बियस चन्दको सम्झनामा नेकपा जिल्ला कमिटी कपिलवस्तुद्वारा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उनले सो कुरा बताएका हुन्।
महासचिव विप्लव सीले चन्द परिवारको लगातार भएको पारिवारिक घटनाले पनि पार्टीमा ठूलो क्षति पुगेको बताए
महासचिव विप्लव सीले नेकपाका युवा नेता बियस चन्दसंग पार्टीको काम कर्तव्य र आन्दोलनमा सहकार्य गरेको स्मरण गर्दै भने-‘उहाँको निधनले पार्टीले एउटा असाध्यै निष्ठावान, इमान्दार र वर्गप्रति दृढ नेता गुमाएको छ ।’
श्रद्धाञ्जली सभा नेकपा महासचिव विप्लव सीको प्रमुख आतिथ्यता, संगम सीको अध्यक्षता तथा पाबेल सीको संचालनमा सम्पन्न भएको छ । श्रद्धाञ्जली सभा कार्यक्रममा चन्द परिवार तथा नेकपाका केन्द्रिय सदस्य लगायत अन्य नेता कार्यकर्ताहरूको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]