‘माक्र्सवादी विचारसहितको श्रमिक मात्र कम्युनिस्ट हुन्छ’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले माक्र्सवादी विचारसहितको श्रमिकमात्र कम्युनिस्ट हुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी मधेस प्रदेशको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
नेता अनिल सीले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति अनुरुप पार्टीको भूमिका हुनुपर्ने र बदलिँदो परिस्थितिलाई नेतृत्व गर्नसक्ने मात्र कम्युनिस्ट पार्टी हुने बताए । उनले मधेसमा पार्टीको विस्तार सकारात्मक रहेको भन्दै नेताहरु ज्ञान, सङ्गठन, संघर्ष र जनसेवा लगायत सबै क्षेत्रमा पहलकर्ताको भूमिका गर्नुपर्ने उल्लेख गर्दै मधेशमा पार्टीले महत्त्वपूर्ण भूमिका पूरा गर्नुपर्ने बताए ।
उक्त बैठकमा पोलिट ब्युरो सदस्य देवनारायण सी, केन्द्रिय सदस्यहरु कमल सी, पवन सी, रामकुमार सी, विनोद सी लगायत केन्द्रीय प्रतिनिधि सदस्य एवं विभिन्न जिल्लाका इन्चार्ज सेक्रेटरीहरुले आ-आफ्नो क्षेत्रको रिपोर्टिङ्ग राखेका थिए ।
पार्टीले व्यवसाय संचालन गर्ने, कम्युनिस्टहरुबिचको ध्रुवीकरण तिब्रतमा लैजाने, विभिन्न विषयमा अन्तरक्रिया सन्चालन गर्ने, सहिद बेचु पौडेलको स्मारक निर्माण गर्ने, भ्रष्टाचार र लघुवित्त, मिटरब्याजीका विरुद्ध सङ्घर्ष गर्ने लगायत महत्वपूर्ण निर्णयहरु गरेको बताइएको छ ।