‘नेपाली जनताको समाजवाद बाहिरको कम्युनिस्ट एकताको अर्थ हुँदैन’

२०८१ भाद्र २ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एबम् बागमती प्रदेश प्रदेश ईन्चार्ज प्रकाण्ड सीले जनक्रान्ति र नेपाली जनताको समाजवाद बाहिरको कम्युनिस्ट एकताको अर्थ नहुने बताएका छन । नेकपा भक्तपुरको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।


उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले ध्रुविकरणले पार्टीलाई बिस्तार गर्न र जनतामा सकारात्मक प्रभाव पार्ने सहयोग पुग्ने बताउदै भक्तपुर जिल्ला पार्टीले गुणस्तर र सक्रियता बढाउनु पर्ने बताए। उनले देशको विद्यमान संकटको क्रान्तिकारी निकासका लागि भक्तपुर जिल्लाको महत्वपूर्ण भूमिका हुनेसमेत बताए।


यसैगरी, प्रवक्ता प्रकाण्ड सीले दलाल पुँजीपति वर्ग र संसदीय व्यवस्थाले क्रान्तिकारी पार्टी र जनाधार भत्काउने हतियारको रुपमा चुनावलाई प्रयोग गर्दै आएकाले त्यसलाई निस्तेज पार्न पार्टीले २०८४ को चुनावी मोर्चाको सामना गर्ने नीति अगाडि सारेको बताए। उनले देश र जनतालाई वर्तमान संकटवाट मुक्त गर्ने हतियार नेपाली विशेषताको समाजवादी व्यवस्था र नेपाल कम्युनिस्ट पार्टीको नेतृवमात्र भएको बताए।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले अमेरिकी साम्राज्यवादले आफ्नो अन्तर्राष्ट्रिय स्वार्थ र नेपाली जनक्रान्तिका बिरुद्ध फाँसीवाद चलाउन नेपाललाई आफ्नो प्रभुत्वमा राख्न खोजेको बताए। उनले नेपाल कम्युनिस्ट पार्टी र नेपाली जनता हुँदासम्म अमेरिकी रणनीति नेपालमा सफल नहुने बताउदै देशलाई वर्तमान संकटवाट मुक्त गर्न भक्तपुर जिल्ला पार्टीलाई दिलोज्यानले काम गर्न निर्देशन समेत दिए ।
नेपाल कम्युनिस्ट पार्टी भक्तपुरका इन्चार्ज बिबेक सीको आतिथ्यता रहेको उक्त बैठकको अध्यक्षता सेक्रेटरी अपार सीले गरेका थिए । बैठक उत्साहबर्द्धक , जिम्मेवारी बोध र जिल्लाको योजना निर्माण गर्दै सम्पन्न भएको बताइएको छ।

प्रतिक्रियाहरु

[anycomment]